सलमान कट्रिना कैफको विवाहमा सहभागी नहुने ? यस्तो रहेछ खास कारण !

अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको विवाहको खबरले निकै चर्चा पाएको छ । यसको साथै अभिनेत्री कट्रिनाको अत्यन्तै मिलनसार साथि सलमान खान अभिनेत्रीको विवाहमा सहभागी हुन्छन् की हुँदैनन् भन्ने चर्चा चलिरहेको छ । तर भातरीय सञ्चार मध्यमको अनुसार कट्रिनाको विवाहमा सलमम खानको परिवार लगायत उनको बहिनि समेत सहभागी हुने बताएको छ ।


कुनै समय प्रेम सम्बन्धमा रहेका सलमान खान र कट्रिना कैफबीच ब्रेक-अपपछि पनि राम्रो मित्रता रहेको छ । अहिलेको समयमा यी दुईको बीचमा यस्तो घनिष्ट सम्बन्ध छ साथै कट्रिनाको विवाहमा सलमान उपस्थित हुनु अनिवार्य हुन्छ । कट्रिनाको विवाहको गेस्ट लिस्टमा सलमान खानको नाम पनि परेको छ । तर नराम्रो खबर यो छ कि सलमान खान यस शाही विवाहमा सहभागी हुन नसक्ने सम्भावना छ।

बलिउड अभिनेत्री कट्रिना-विक्की कौशलको विवाह डिसेम्बर ९ तारिकमा हुँदैछ । यस समयमा सलमान खान फिल्म ‘दबंग २’ को टुरमा रहने छन् । यस कार्यक्रममा सलमान खानसँगै प्रभु देवा, दिशा पटनी, गुरु रन्धावा, ज्याकलिन फर्नान्डिज, साई मांजरेकर, आयुष शर्मा, मनीष पल, सुनिल ग्रोवरको पनि सहभागिता रहनेछ । टुर सुरु हुनु एक दिन अगाडि सलमान खानले यसको तयारी गर्नेछन् । सलमान खानलाई आफ्नो व्यस्त तालिकाबाट समय निकालेर कट्रिना कैफको विवाहमा उपस्थित हुन गाह्रो हुनेछ।

विक्की र कट्रिनाको विवाह राजस्थानको ७०० वर्ष पुरानो सिक्स सेन्स फोर्टमा हुनेछ । विवाह उत्सव डिसेम्बर 7-9 सम्म चल्नेछ। यो जोडीको विवाहमा करिब २०० पाहुना आउने अनुमान गरिएको छ । तर, नयाँ भेरियन्ट ओमि-क्रोनका कारण पाहुनाको सूची छोटो बनाउन सकिने पनि बताइएको छ ।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“देखाउनेलाई भन्दा हेर्नेलाई लाज” भनेझैँ उर्वशीका यी फोटोले लाजले भुतुक्कै बनाउनेछ तपाईलाई