मौनीको विवाहको मिति सार्वजनिक, हेर्नुस् उनका अहिलेसम्मकै ह:_ट ५ तस्बिरहरु

एजेन्सी : साना तथा ठुला पर्दाका लोकप्रिय अभिनेत्री तथा ‘नागिन’ को रुपमा चर्चित मौनी रोय(Mouni Roy) सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनले बेला-बेलामा सामाजिक सञ्जालमा आफ्ना फोटो तथा भिडियो पोस्ट गरिरहेकी हुन्छिन्।

केही फोटोमा उनी बखान गर्न नसकिने सुन्दर देखिएकी हुन्छिन् भने केहीमा निकै ह:_ट देखिएकी हुन्छिन्। फ्यान्सले उनको फोटोलाई असाध्यै मन पराउने गरेका छन्।

पछिल्लो समय मौनी आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा केन्द्रमा छिन्। पछिल्लो केही दिनयता मौनी रोय बैंकर सूरज नाम्बियारसँगको सम्बन्धलाई लिएर चर्चामा छिन्। योसँगै उनको विवाहकोमिति पनि  सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार उनी आउँदो वर्ष २०२२ को जनवरी २७ मा आफ्नो ब्वायफ्रेन्ड सूरजसँग वैवाहिक बन्धनमा बाँधिदै छिन्। मौनी र सूरजको डेस्टिनेशन वेडिङ्गको तयारीमा छन्। विवाह दुबई या इटाली मध्ये एक देशमा हुनेछ।

मौनीका ब्वायफ्रेन्ड सूरज दुबईमा बस्छन् र पेशाले बैंकर हुन्। सन् २०१९ मा सूरज र मौनीको अफेयरको हल्लाले सञ्चारमाध्यममा राम्रै स्थान पाएको थियो। मौनीको एक साथीले सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए। पोस्टमा मौनी र सूरज एकसाथ देखिएका थिए। यद्यपि यसअघि मौनीको नाम अभिनेता गौरव चोपडासँग पनि जोडिएको थियो। तर मौनीको मोहित रैनासँग सम्बन्धले सबैभन्दा बढी चर्चा पाएको थियो।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् उनको छोरीको साथमा यति सुन्दर भिडियो, भिडियो भाइरल हुँदै!