यी बलिउड स्टारको नाम गिनिज बुकमा लेखियो, अभिषेक बच्चनले पनि बनाए कीर्तिमान !

गिनिज बुक अफ वल्ड रेकर्डमा नाम आउनु ठुलो कुरा मानिन्छ, तर धेरै बलिउड स्टारहरूले जानेर वा नजानेर धेरै कीर्तिमान बनाएका छन् । जसलाई थाहा पाउँदा तपाईलाई पनि अचम्म लाग्न सक्छ ।

अमिताभ बच्चान

बलिउडका सुपरहिरो भनिने अमिताभ बच्चनका करोडौँ फ्यान फलोइंग रहेका छन् । तर धेरैलाई थाहा नहुन सक्छ कि बिग बीको नाम गिनिज बुकमा पनि लेखिएको छ । वास्तवमा १९ जना चर्चित गायकसँग ‘श्री हनुमान चालिसा’ गाउने एक्लो अभिनेताको उपाधि अमिताभ बच्चनसँग छ । अमिताभ बच्चनले यसलाई कुमार सानु, कैलाश खेर, शान, शंकर महादेवन, सोनु निगम, सुखविन्दर सिंह, उदित नारायण, आदेश श्रीवास्तव, अभिजीत, बाबुल सुप्रियो र हंसराज हंस जस्ता गायकहरूसँग गाएका थिए।

अभिषेक बच्चान

अमिताभ बच्चन मात्र होइन उनका छोरा तथा अभिनेता अभिषेक बच्चनको नाममा पनि गिनिज वल्र्ड रेकर्ड रहेको छ । वास्तवमा, आफ्नो फिल्म दिल्ली ‘सिक्स’ को प्रमोशनको लागि, अभिषेकले १२ घण्टामा १८०० किलोमिटरको यात्रा गरे र १२ घण्टामा धेरै शहरहरूमा फिल्म स्टारद्वारा सबैभन्दा धेरै सार्वजनिक उपस्थितिको रेकर्ड राखे। यस क्रममा अभिषेक गाजियाबाद, नोएडा, फरीदाबाद, चंडीगढ र मुम्बईका मलहरूमा गए।

शाहरुख खान

बलिउडका बादशाह शाहरुख खानले सन २०१३ मा गिनिज बुकमा नाम दर्ता गराए । उनी २२०.५ करोड कमाएर सबैभन्दा धेरै कमाउने बलिउड अभिनेता बने र जसका कारण उनको नाम गिनिज बुकमा लेखिएको छ ।

कट्रिना कैफ

बलिउडका शीर्ष अभिनेत्रीको सूचीमा परेकी कट्रिना कैफको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि परेको छ । सन २०१३ मा कट्रिनाले सबैभन्दा धेरै कमाउने बलिउड अभिनेत्री बनेर यो कीर्तिमान बनाएकी थिइन् । कट्रिनाले ६३.७५ करोड कमाएकी थिइन् ।

सोनाक्षी  सिन्हा

अभिनेत्री सोनाक्षी सिन्हाको नाम मार्च सन २०१६ मा गिनिज बुकमा दर्ता भएको थियो र यसको कारण अलि अनौठो छ । वास्तवमा अभिनेत्री एक कार्यक्रममा भाग लिएकी थिइन् जहाँ एक समय धेरै महिलाहरूले आफ्नो नङले चित्र बनाएका थिए । जसमा अभिनेत्रीले नयाँ किर्तीमा राख सकेकी थिइन् ।

कपूर परिवार

बलिउडको कपूर परिवारको नाम गिनिज बुकमा पनि लेखिएको छ र यसको कारण उनीहरुको परिवारका अधिकांश मानिस बलिउड उद्योगमा छन् । कपूर परिवारको बलिउड यात्रा सन् १९२९ मा पृथ्वीराज कपूरबाट सुरु भएको थियो।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिभी सिरियलको संस्कारी बुहारी बाथरुमा देखीइन् यस्तो अवतारमा, तस्बिर तीव्र रुपमा भाइरल हुँदै!