तस्बिरको यी सुन्दर बालकलाई चिन्नु भयो ? जसले बलिउडमा अविस्मरणीय अभिनयको साथै याद दिएका छन् !

एजेन्सी- टिभीदेखि फिल्मसम्मको यात्रा गरेका सुशान्त सिंह राजपूतको जन्म २१ जनवरी १९८६ मा बिहारको पटनामा भएको थियो । उनलाई बलिउडमा अझ उचाइमा पुग्नु थियो तर त्यसअघि नै उनले संसारबाट बाद भए । विगत केही दिनदेखि सामाजिक सञ्जालमा फ्यानहरुले उनीसँग सम्बन्धित केही ह्यास-ट्याग ट्रेन्ड गरिरहेका छन् । ट्विटरमा प्रयोगकर्ताहरूले अभिनेतालाई उनको बचपनको तस्बिरहरु सार्वजनिक गरेर सम्झिरहेका छन्। यस पोस्ट मार्फत अभिनेता सुशान्त सिंह राजपूतका केही नदेखेका तस्बिरहरू सार्वजनिक गर्ने छौँ ।

सुशान्तका पिताको नाम कृष्ण कुमार सिंह र आमाको नाम उषा सिंह हो । उनका बुबा पटनाको बिहार राज्य ह्या-न्डलूम कर्पो-रेशनमा काम गर्थे। अहिले उनी पेन्सन भइसकेका छन् । सुशान्त पाँच दाजुभाइमध्ये कान्छो थिए। उनलाई सबैले मायाले गुलशन भन्ने गर्थे ।

सुशान्तकी बहिनी मितु सिंहले राज्य स्तरको क्रिकेट खेलेकी छिन् । सन् २००२ मा सुशान्तकी आमाको निधन भएपछि उनको परिवार दिल्ली सरेको थियो । अभिनेताले आफ्नो थप अध्ययन यहीँबाट फरेका थिए ।

सुशान्त आफ्ना स्कूलका साथीहरूसँग उभिरहेका छन्। यहाँ उनको एकदम लजालु शैली देख्न सकिन्छ। यी तस्बिरहरु मार्फत सुशान्तका फ्यानहरुले उनलाई सधै सम्झिरहनेछन् ।

आफ्नो स्कुल र कलेजको समयमा सुशान्तले कहिल्यै सोचेका थिएनन् कि उनी एक अभिनेता बन्न सक्छन्। उनि निकै लजालु स्वभावको थिए । पछि उनी शिमक दावर डान्स एकेडेमीमा सामेल भए, जहाँबाट उनको अभिनयको लागि खुलेको थियो ।

फिल्म धूममा उनी ऋतिक रोशनको साथमा ब्याक-ग्राउन्ड डान्सर थिए । पछि उनले टिभीमा डेब्यू गरे र त्यसपछि ठुलो पर्दामा पुगे र छोटो समयमा ठुलो सङ्ख्यामा फ्यान फलोइंग कमाउन सफल भएका थिए ।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड स्टारको नाम गिनिज बुकमा लेखियो, अभिषेक बच्चनले पनि बनाए कीर्तिमान !