यी बलिउड अभिनेता तथा अभिनेत्री खुलेर गर्छन् एक अर्कोलाई प्रेम, तर विवाहको नाममा बस्छन् मौन !

एजेन्सी- बलिउडमा यस्ता धरै प्रेम जोडीहरु रहेका छन् जसले आफ्नो प्रेम सम्बन्धलाई लुकेका छन् र पछि स्वीकार गरेका छन । आलिया भट्ट र रणवीर कपुरदेखि तारा सुतारिया र आदर जैन जस्ता धेरै जोडी छन् जसले खुलेर आफ्नो प्रेम व्यक्त गरेका छन् । बलिउड कार्यक्रम होस् वा पारिवारिक समारोह यी जोडीहरू धेरै पटक हातमा हात मिलाएर देखिएका छन्। तर यति वर्षसम्म रिलेसनसिपमा रहे पनि यी स्टारहरु अझै विवाह बन्धनमा बाँधिएका छैनन् । यस प्रकार छन् ती प्रेम जोडीहरु….

अलिया भट्ट र रणबिर कपूर

रणवीर र आलिया सन २०१७ देखि रिलेशन-शिपमा छन् । यी दुई आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा प्रेममा परेका थिए । यस बीचमा उनीहरुको सम्बन्ध निकै गहिरो भयो र अहिले दुवैले खुलेरै आफ्नो प्रेम व्यक्त गरेका छन् । कार्यक्रम, चाडपर्व र बिदामा पनि दुवै सँगै देखिन्छन् । आलिया र रणवीरले अर्को वर्ष विवाह गर्ने खबर आइरहेको छ ।

अर्जुन कपुर र मलाइका अरोडा

बलिउड अभिनेता अर्जुन कपूर र मलाइकाले सार्वजनिक रुपमा नै सन २०१९ मा आफ्नी प्रेम सम्बन्धलाई स्वीकार गरेका थिए । उनीहरु धेरै पटक विभिन्न कार्यक्रममा सँगै देखीएका थिए । दुवैले इन्स्टाग्राम पोस्टमा एक-अर्काप्रतिको प्रेम धेरै पटक व्यक्त गरेका छन् । तर विवाहको प्रश्नमा दुवै मौन छन् । यस्तो अवस्थामा बलिउडको यो जोडीले बिहे गर्छ कि गर्दैन त्यो भने समयले बताउनेछ ।

तारा सुतारिया र आदर जैन

तारा सुतारिया र आदर जैनको सम्बन्ध आदरको भाइ अरमान जैनको विवाह देखि चार्चामा रहेको छ । पछि जोडीले इन्स्टाग्राममा पोस्टहरुको मार्फत एक-अर्काप्रतिको प्रेम व्यक्त गरेका थिए । तारा आदरको पारिवारिक समारोहमा पनि देखिएकी छिन् । यो जोडीले अर्को वर्ष बिहे गर्ने चर्चा छ ।

ऋचा चड्ढा र अली फजल

ऋचा चड्ढा र अली फजलको भेट फिल्म फुकरेको सेटमा भएको थियो । त्यस समयदेखि आजसम्म दुवै एक-अर्काका असल साथी र सहयात्री बनेका छन् । गत नोभेम्बरमा अली र ऋचा सँगै बस्न थालेका थिए । दुवैले विवाहको योजना पनि बनाएका थिए तर महामारीका कारण उनीहरुको योजना स्थगित भएको थियो । अब यो वर्ष दुवैले आफ्नो विवाहलाई अलिकति समय दिएका छन् । आशा छ, अली र ऋचाले अर्को वर्ष विवाह बन्धनमा बाँधिने छन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरको यी सुन्दर बालकलाई चिन्नु भयो ? जसले बलिउडमा अविस्मरणीय अभिनयको साथै याद दिएका छन् !