अहिलेको समयमा चर्चामा रहेका रमेश प्रसाई र नन्दालाई पुत्री लाभ, हेर्नुहोस् तस्बिर सहित!

पछिल्लो सामाजिक तथा अन्य क्षेत्रमा सक्रिय रमेश प्रसाई र उनको श्रीमती नन्दालाई पुत्री लाभ भएको छ । अहिलेको समयमा ‘लाल मोहोर’ चर्चित कार्यक्रमबाट चर्चामा आएका रमेश प्रसाईलाई पुत्री लाभ भएको हो ।

रमेश प्रसाईको दम्पति दुवै दृष्टि बिहिन हुन् । उनीहरुको जीवनमा दृष्टि बानेर छोरीको आगमन भएको हो । रमेश सामाजिक सञ्जाल फेसबुकमा छोरीको तस्बिर सार्वजनिक गर्दै ‘संसारको सबैभन्दा अमूल्ले उपहार दिएर तिमिले लगाएको यो प्रेमको ऋण म के गरेर कसरी तिर्न सकुँला नानु
म मात्र होइन मेरो सिङ्गो बंस तिम्रो नरित्तो र तिम्रो जन्म दाता प्रती जीवन रहुन्जेलसम्म कृतग्य रहनेछ ।’ भन्दै एक पोस्ट सार्वजनिक गरेका छन ।

रमेश प्रसाई दृष्टि विहीन भए पनि उनको हरेक क्षेत्रमा सक्रियता उनको क्षमताको कारण आजको समयमा उनीलाई सबैले चिन्छन् ।

त्यसतै पछिल्लो रमेश प्रसाई टेलिभिजन मार्फत एक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उक्त कार्यक्रमले अहिलेको समयमा रमेशको लोकप्रियता झनै बढेको छ । यति बेला सामाजिक सञ्जालमा रमेश प्रसाईको दम्पतीलाई बधाई दिनेको ओइरो लागेको छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड अभिनेता तथा अभिनेत्री खुलेर गर्छन् एक अर्कोलाई प्रेम, तर विवाहको नाममा बस्छन् मौन !