काठमाडौँ : गुरुलाई ज्योतिषमा देवगुरु भनिन्छ किनकी यो ग्रह अत्यन्तै शुभ हुन्छ। यदि कुण्डलीमा बृहस्पतिको स्थिति मात्र राम्रो भएमा मानिसको जीवनका हरेक पक्षमा सकारात्मक प्रभाव पर्छ । चाहे त्यो करीयरमा होस् या आर्थिक क्षेत्र या पारिवारिक सुख होस्। गुरु ग्रहले आफ्नो राशि बदलेर कुम्भ राशिमा प्रवेश गरेको छ र आउँदो २ महिना अर्थात् चैत ३०, २०७८(१३ अप्रिल २०२२) सम्म यहीँ राशिमा रहनेछ। कतिपय राशिका लागि यो समय निकै सुख साबित हुनेछ। तिनले हरेक क्षेत्रमा सफलता हासिल गर्नेछन्।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
हरेक काममा सकारात्मक नतिजा मिल्नेछ। धन लाभ हुनेछ। मेष राशिका जातकाले आफ्नो पेशा या व्यापार-व्यवसायमा प्रगति गर्नेछन्। धन-सम्पत्ति बढ्नेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
ठूलो आर्थिक लाभ हुनेछ। आर्थिक अवस्था मजबुत हुनेछ । भाग्यको सहयोगले हरेक काममा सफलता मिल्नेछ । पदोन्नति र मान-सम्मान प्राप्त हुनेछ। पारिवारिक जीवन पनि सुखद रहनेछ। समग्रमा यो ४ महिना राम्रो हुनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका जुन जातकका जीवनमा आर्थिक समस्या चलिरहेको थियो, त्यो अब अन्त्य हुन्छ। अचानक धन प्राप्त हुनेछ। नयाँ घर-गाडी किन्ने सपना पनि पूरा हुनेछ। सबैको सहयोगले काम सम्पन्न हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका व्यक्तिहरुका करियरको लागि यो समय उत्कृष्ट रहनेछ। मिहिनेतको फल पाउने समय आएको छ। करियर सुदृढ हुनेछ जसले भविष्यमा फाइदा पनि दिनेछ। मन लागेको काम पाउन सकिनेछ । कतैबाट धन लाभ हुन् सक्छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
पदोन्नति हुने प्रबल सम्भावना छ । व्यवसायीलाई पनि फाइदा हुनेछ । पैसा मिल्नेछ। जो लामो समयदेखि विभिन्न चीजहरू किन्ने योजनामा थिए, उनीहरू किन्न सक्षम हुनेछन्। प्रशंसा र सम्मान मिल्नेछ ।