काठमाडौँ : सबैलाई आफ्नो भविष्यको बारेमा निकै चिन्ता हुने गर्दछ । त्यसतै अहिले सबैलाई लागेको होला यो वर्ष सन २०२२ कस्तो रहला भनेर, ज्योतिष शास्त्रको अनुसार यो वर्ष सन २०२२ यी ४ राशि गरियर उचाइमा पुग्दैछ । यस समयमा ४ राशिको पदोन्नति हुनेछ, सम्मान पाउने छन् साथै आर्थिक लाभ हुने सम्भावना रहेको छ । आफ्नो मनपर्ने काम र व्यवसाय गर्न चाहने व्यक्तिको इच्छा पनि यो वर्ष पूरा हुनेछ। नयाँ वर्षमा कुन-कुन भाग्यशाली राशि हुनेको करियर चम्किरहेको छ थाहा पाउनुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका व्यक्तिहरुको करियरका लागि २०२२ साल निकै आकर्षक साबित हुनेछ । यो वर्ष मेष राशिका मानिसले आफ्नो करियरमा प्रतीक्षा गरेको सबै कुरा पाउनेछन् । यो वर्ष उनीहरूको सुतेको भाग्य जगाउनेछ र करियरमा ठुलो अवसर प्राप्त हुनेछ । नोकरी वा व्यापार दुवैमा समय राम्रो रहनेछ। नयाँ जिम्मेवारी मिल्नेछ, धन लाभ हुनेछ । वृष राशि हुने हरुको करियरमा यो वर्ष कोसेढुङ्गा साबित हुन सक्छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका लागि २०२२ को शुरुवाती समय मिश्रित रहनेछ तर समय बित्दै जाँदा भाग्य पनि खुल्नेछ। वर्षको मध्यमा भाग्य बदल्ने ठुलो मौका मिल्नेछ। यो वर्ष निजीदेखि सरकारी क्षेत्रका गरेका वृष राशिका लागि पनि ठुलो फाइदा दिनेछ । आम्दानी बढ्न सक्छ। व्यापार व्यवसायमा राम्रो लाभ हुनेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सन २०२२ सालले धनु राशि हुनेहरूका लागि आम्दानीका नयाँ बाटो खोल्नेछ। नोकरी-व्यवसायमा मनग्य लाभ हुनेछ। पदोन्नति हुने प्रबल सम्भावना छ। अप्रिल पछिको समय नयाँ कामको थालनी गर्नको लागि राम्रो समय हुनेछ। वर्षको अन्त्यमा कामसँग सम्बन्धित महत्त्वपूर्ण यात्रा हुन सक्छ, जुन लाभदायक र यादगार साबित हुन सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका लागि २०२२ सालको शुरुवातबाट धन लाभ हुन थाल्नेछ । आर्थिक अवस्था वर्षभर सुदृढ रहनेछ। करियरमा पनि धेरै प्रगति हुनेछ । एक पछि अर्को, तपाईले उत्कृष्ट अवसरहरू प्राप्त गर्नुहुनेछ र तपाई ती अवसरलाई पूजिकरण गर्न असफल हुनुहुनेछ । तलब तथा नाफा बढेसँगै घरजग्गा खरिद गर्ने योजना बन्न सक्छ । तर करियर र जीवनसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू वर्षको पहिलो त्रैमासिकमा लिनु राम्रो हुनेछ।