हिन्दी र पञ्जाबी इन्डस्ट्रीकी चर्चित गायिका नेहा कक्कड प्रायः कुनै न कुनै कारणले पछिल्लो समयमा चर्चामा हुने गरेकी छिन् । फ्यानहरू उनको आवाजको मात्रै होइन, उनको स्टाइ-लिस स्टाइ-लका लागि पनि उनि प्रति मोहित हुने गरेका छन् । नेहाले रोहनप्रीत सिंहसँग विवाह गरेदेखि नै उनी आफ्नो व्यक्तिगत जीवनको कारण विभिन्न समयमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् ।
अहिलेको समयमा नेहा उनको पति रोहनसँग पेरिसमा छुट्टी मनाउन गएकी छिन् । यतिबेला दुवैले सामाजिक सञ्जालमा उनीहरुको विभिन्न तस्बिर सर्वाजनिक गरिरहेका छन् । त्यसै क्रममा नेहाले केही तस्बिर सार्वजनिक गरेर सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन् । नेहाले हालै उनको इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा उनलाई निकै बो-ल्ड देखिएको छ ।
यी तस्बिरहरूमा नेहाले रातो लामो कोट र पाइन्ट लगाएको देख्न सकिन्छ । जसमा उनले कालो रङ्गको पारदर्शी ब्रालेट बोकेकी छिन् । तस्बिरमा नेहाको शैली निकै मनमोहक छ । नेहाको स्टाइलले उनका फ्यानहरुलाई फेरि एक पटक चकित बनाएको छ । नेहाले सँगै धेरै तस्बिर सेयर गरेकी छिन्, जसमा उनी विभिन्न पोज दिएकी छिन् ।
फोटो सेयर गर्दै नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘पेरिसको सडकमा।।।’। नेहाको यी तस्बिर फ्यानहरुले निकै मन पराएका छन् । अहिले फ्यानहरु गायिकाको तस्बिरमा लगातार लाइक र कमेन्ट गरिरहेका छन् ।
तस्बिर स्रोत: नेहा कक्कड इन्स्टाग्राम