अचानक किन अनिल कपुर र माधुरी दीक्षितबीच बढ्यो दुरी ? यस्तो छ कारण !

अकिलिस टेन्डन समस्यासँग लडिरहेका बलिउड स्टार आफ्नो इन्स्टाग्राम पोस्टका कारण फेरि एकपटक चर्चामा छन्। अनिल कपुर लामो कालो कोट लगाएर जर्मनीको सडकमा हिँडेको भिडियो हेरेर फ्यानले उनको स्वास्थ्यको बारेमा सोधिरहेका छन् । यसैबीच, हामी तपाईंलाई बलिउडका अभिनेतासँग सम्बन्धित एउटा किस्सा सुनाउँछौं, जुन कमैलाई थाहा होला।

 

अनिल कपुर र माधुरी दीक्षितको जोडी पर्दामा त देख्नु भएको छ होला। अनिल र माधुरीको जोडीले सुरुदेखि नै दर्शकको माया पाइरहेको छ । बेटा, खेल, तेजाब, परिन्दा, जमाई राजा जस्ता चलचित्रलाई मानिसले मन पराएका थिए । मानिसले उनीलाई सँगै हेर्न मन पराउँथे, तर एक समय थियो जब फ्यान उनीलाई सँगै हेर्न चाहन्थे।

 

वास्तवमा यति धेरै फिल्मको शुटिंग संग काम गर्ने र लामो समयसम्म एक साथ काम गर्ने माधुरी र अनिलबीच मित्रता भएको थियो। उनीहरु दुईजना  शुटिंग सकेपछि पनि निकै समय बिताउथे। साथै उनीहरुको अफेयरको पनि चर्चा हुन्थ्यो।

 

एकदिन अनिल कपूरको श्रीमती सुनिता आफ्नो छोराछोरीसंग सेटमा गएका थिए। अनिलको श्रीमती र छोराछोरीसंग समय बिताईरहेका थिए र सोहि समय माधुरी त्यहाँबाट गईन्।  तब उनलाई आफ्नो कारणले अनिलको परिवारमा दुरी बढ्न सक्ने महसुस भयो र अनिल संग काम गर्न छोडिन्।  एक अन्तर्वार्तामा माधुरी दीक्षितले पनि अनिलको परिवारलाई कुनै किसिमको समस्यामा पर्ने वा परिवारका सदस्यलाई हानि पु¥याउने कुनै पनि काम गर्न नचाहेको बताएकी थिइन् ।

 

 

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८१२:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेहा पेरिस पुगेर पति रोहनको साथमा बिच सडकमा देखिइन् यस्तो अवतारमा, तस्बिरले तहल्का मच्चाउँदै !