कट्रिना र विक्कीको विवाहमा यति आलिसान कोठामा बस्नेछन् पाहुना, एक रातको भाडा यति लाख !

यति बेला विवाहको सिजन चलिरहेको छ । यस्तो अवस्थामा बलिउड अभिनेत्री तथा अभिनेताको विवाहको खबरले सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग ल्याएको छ । भारतीय सञ्चार माध्यमको अनुसार विक्की कौशल र कट्रिना कैफ राजस्थानको शाही सिक्स सेन्स फो-र्ट बडवारामा विवाह गर्न लागेका खबरहरू आएका छन्।

कट्रिना र विक्कीको विवाह हुन् लागेको रोयल भित्र प्रत्येक कोठा विभिन्न विशेषताले सजाइएको छ। यसका साथै यहाँको बगैचा, स्विमिंग पूल र बाथरूम पनि विशेष छन्। यो शाही किल्लामा एक रात बस्नको लागि ५ लाख रुपैयाँ शुल्क लाग्छ । हेर्नुहोस् १४ औँ शताब्दीको किल्ला भित्रका केही सुन्दर तस्विरहरु…

भारतीय सञ्चार मध्यमको अनुसार कैटरीना कैफ र विक्की कौशलको विवाह समारोह डिसेम्बर ७ देखि १२ सम्म सिक्स सेन्स फोर्ट बडवारामा हुनेछ।

यसको इतिहास ७०० वर्ष पुरानो छ, फोर्ट बडवारा – १४ औँ शताब्दीमा चौहानहरूले बनाएको एउटा सुन्दर किल्ला। यो पछि १७३४ मा राजावत वंश द्वारा कब्जा गरिएको थियो।

त्यस समयको यस भावनालाई अहिले निकै सावधानी पूर्वक मर्मत गरिएको छ । र एकदमै सुन्दर रुपमा रूपान्तरण गरिएको छ।

सिक्स सिक्स सेन्स फोर्ट, बडबरामा प्रति रातको मूल्य ७५,००० रुपैयाँबाट सुरु भएर ५ लाख रुपैयाँसम्म लाग्छ ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अचानक किन अनिल कपुर र माधुरी दीक्षितबीच बढ्यो दुरी ? यस्तो छ कारण !