मनी हाइस्ट को पार्ट २ का एपिसोडको टाइटल सार्वजनिक, के प्रोफेसरले ग्या:_ङ सरेन्डर गर्ला ?

एजेन्सी : ‘मनी हाइस्ट(Money Heist)’  को सिजन ५ पार्ट २ ले हाई-अक्टेन एक्सन(High Octane Action) मात्र हैन इन्टेन्स इमोसन्स(Intense Emotions) पनि दिँदै छ। नेटफ्लिक्स शोको मेकर्सले बुधबार नोभेम्बर २४ मा आउँदो एपिसोडको शीर्षक सार्वजनिक गरेको छ। ५ वटा एपिसोडसँगै हरेक एपिसोडको फोटो पनि सार्वजनिक गरेको छ, जसमा हरेक एपिसोडको शीर्षक पनि उल्लेख गरिएको छ। यसको पहिलो पार्टको लास्ट एपिसोडको टाइटल ‘लिभ मेनी लाइभ्स(Live Many Lives)’ थियो, जसमा टोक्योको मृत्यु भएको देखाईएको थियो। अब यसको छैठौँ एपिसोडको नाम ‘एस्केप भल्व(Escape Valve)’ राखिएको छ, जुन फोटोमा रियोको आँखामा रोदनसँगै आक्रोश देख्न सकिन्छ।

सातौँ एपिसोड ‘विशफुल थिंकिङ्ग(Wishful Thinking)’ मा बर्लिन(Berlin) र पलेर्मो(Palermo) को तस्बिर देख्न सकिन्छ। जसले हामीलाई फ्ल्याशबयाक लैजाने पक्का छ। आठौँ एपिसोडको नाम ‘द थ्योरी अफ एलिगेन्स(The Theory of Elegance)’ रहेको छ। जुन तस्बिरमा सङ्कटको घडीमा खुशीयाली मनाइरहेको देख्न सकिन्छ।

मनी हाइस्ट सिजन ५ को नवौं एपिसोड नाम ‘पिल्लो टक(Pillow Talk)’ रहेको छ, जसमा प्रोफेसनलाई उनको सिग्नेचर नाइट सुटमा देख्न सकिन्छ। दशौँ र अन्तिम एपिसोडको शीर्षक ‘अ फेमिली ट्रेडिशन(A Family Tradition)’ रहेको छ। यसमा कर्नल तामायो डेन्भर(Denver)  लाईइ सोधपुछ गरिरहेको देख्न सकिन्छ। मनी हाइस्टको फाइनल निश्चित रुपमा ठुलो ट्वीस्ट हुने पक्का छ। खैर, यसको लागि हामीले डिसेम्बर ३ सम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उर्फीले ट्रोलर्सलाई दिइन् कडा जवाफ , भनिन् ,” नबुझ्नेलाई जति केहि भनेनी हुदैन “