उर्फीले ट्रोलर्सलाई दिइन् कडा जवाफ , भनिन् ,” नबुझ्नेलाई जति केहि भनेनी हुदैन “

बिग बोस ओटीटी फेम उर्फ ​​जावेद आफ्नो स्टाइल स्टेटमेन्टका कारण अक्सर चर्चामा रहन्छिन् । विभिन्न प्रकारका पहिरनका कारण उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा रहन्छिन् । हरेक पटक उनको अनौठो पहिरनको कारण ट्रोल हुने गरेकी छन्।

यद्यपी उर्फीले यी ट्रोलर्सलाई खासै प्रतिक्रिया दिएको देख्न सक्दैनौ। तर यसपटक उनले भने निरुत्साहित भई कमेन्ट गर्नेहरुलाई जवाफ दिएकी छिन् ।

हालै उर्फीले कालो मल्टि कट आउट ड्रेसमा आफ्नो तस्विर र भिडियो सेयर गरेकी थिइन्। यो तस्विर अपलोड भएको केहि घन्टामा नै भाइरल भएको थियो। सामाजिक सञ्जाल युजरले यसलाई अनौठो मान्न थाले र विभिन्न टिका-टिप्पणी गर्न थाले।

यसमा उर्फीले केहि जवाफ दिईनन्। उनले आफुले यस्तो नचाहिदो कुरामा ध्यान नदिने कुरा बताएकी थिइन्। उनले आफुले नबुझ्ने मान्छेको सोचलाई लिएर चिन्ता नलिने कुरा उल्लेख गरेकी थिइन्।

 

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८१३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा भाइरल मुकुन्देले झापा सुरुङ्गाकी इन्दिरा सङ्ग्रौलासँग गरे इन्गेजमेन्ट