६१ वर्षमा पनि बुढेसकालले छोएन् सलमानको एक्स-गर्लफ्रेन्ड सङ्गीतालाई, देखिईन् अचम्मै राम्री

एजेन्सी : अभिनेता सलमान खान (Salman Khan) को फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ(Antim: The Final Truth)’ हालै रिलिज भएको छ।  नोभेम्बर २५ मा रिलिज भएको यो फिल्मको प्रिमियर रिलिज हुनुभन्दा एकदिन अघि राखिएको थियो र त्यतिबेला थुप्रै सेलिब्रेटीहरु त्यहाँ पुगेका थिए। तर त्यतिबेला सबैको ध्यान ६१ वर्षीय सङ्गीता बिजलानी (Sangeeta Bijlani) ले खिचिरहेकी थिईन्। यो उमेरमा उनको रुप र लोभलाग्दो जिउडालले सबैलाई लट्ठ पारिरहेको थियो।

सङ्गीता सलमानलाई हरेक काममा साथ दिन्छिन्। र सलमान खानको कामसँग सम्बन्धित कार्यक्रमहरुमा पनि सरिक हुन् पुग्छिन्। उनी सलमान खान र आयुष शर्माको फिल्म ‘अन्तिम’ को प्रिमियरमा पुगेकी थिईन् । उनले यस फिल्मको प्रिमियरमा ब्ल्याक कलरको डिप नेक टप लगाएकी थिईन् र साथै त्यसमा उनले किया शिमरी मिनी स्कर्ट पेयर गरेकी थिईन्।

६१ वर्षीय सङ्गीता बिजलानी (Sangeeta Bijlani) सलमान खानको साथी हुन् र उनी प्राय: सलमानको फंक्सनहरुमा गईरहन्छिन्। अन्तिमको स्पेशल स्क्रिनिङमा सङ्गीता बिजलानीको फिटनेस र उनको ग्लामरस अवतारले सबैको ध्यान खिचेको छ। सङ्गीता बिजलानीको स्टाइल र उनको फिटनेसलाई सामाजिक सञ्जालमा एकदमै तारिफ गरिएको छ।

सङ्गीता बिजलानीको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने उनले क्रिकेटर मोहम्मद अजहरुद्दीन(Mohammad Azharuddin) सँग विवाह गरेकी थिईन्। सङ्गीता र अजहरुद्दीन सन् २०१० मा आधिकारिक रुपमा छुट्टिएका थिए। एक समय सङ्गीता र सलमान खानको सम्बन्धको खुब चर्चा हुने गर्थ्यो। दुवैको ब्रेकअप भएको थियो। सङ्गीता बिजलानीले त्रिदेव, हातिम ताई, योद्धा जस्ता फिल्महरुमा काम गरिसकिन्।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड अभिनेत्रीको कारण लज्जित हुनु परेको थियो रजनीकान्तलाई, यस्तो छ कारण !