यी बलिउड अभिनेत्रीको कारण लज्जित हुनु परेको थियो रजनीकान्तलाई, यस्तो छ कारण !

रजनीकान्त आफ्नो उत्कृष्ट एक्सन फिल्मका लागि परिचित छन् । आज पनि उनको फिल्मका फ्यानको कमी छैन । बरु उनको स्टारडम लगातार बढिरहेको छ । तर एउटा यस्तो फिल्म थियो जसका कारण उनले लज्जित हुनु परेको थियो ।

रजनीकान्तलाई तमिल सिनेमा जगतमा भगवान जस्तै पुजिन्छ । उनको फिल्म हेर्नको लागि आज लाखौँ मानिसको थिएटरमा भिड लाग्ने गर्दछ । भारतीय सिनेमा जगतमा यति लामो समयसम्म आफ्नो स्टार-डम कायम राख्न सकेको सायदै अरु कुनै अभिनेता होलान् ।

दक्षिण भारतीय फिल्मबाहेक रजनीकान्तले धेरै बलिउड फिल्ममा अभिनय गरेका छन् । जसमा अन्धा कानून, हम, खून भरी माङ, नर्थ साउथ, लोयाल जस्ता फिल्महरु समावेश छन् । बलिउडमा पनि रजनीकान्तका फ्यानको कमी छैन । तर एक पटक बलिउड अभिनेत्री ऐश्वर्या राईका कारण उनले लज्जित महसुस गर्नु परेको थियो ।

वास्तवमा ऐश्वर्या राय र रजनीकान्त एस शंकरको फिल्म रोबोटमा सँगै देखिएका थिए । यति बेला ऐश्वर्या राय लामो समयपछि बलिउडमा कमब्याक गर्ने प्रयासमा थिइन् । तर उनले पुनरागमनको उचित मौका पाउन सकेकी थिइन् । यस्तो अवस्थामा उनले सुपरस्टार रजनीकान्तसँग स्क्रिन सेयर गर्ने मौका पाएका थिइन् ।

रजनीकान्त र ऐश्वर्या राय बच्चनले १० वर्षअघि फिल्म ‘रोबोट’मा सँगै काम गरेका थिए । मलेसियामा फिल्मको अडियो लञ्चमा रजनीकान्तले उक्त किस्सा सुनाए । जसमा उनले कपाल झरेको र ऐश्वर्यासँग काम गरेकोमा एक छिमेकीले उनको खिल्ली उडाएको बताए । जब रजनिकान्तको छेमेकीले उनको आगामी फिल्म हिरोइनको बारेमा सोधेका थिए । तब रजनीकान्तले आउनको आगामी फिल्मको हिरोइन ऐश्वर्या राय भन्दा छेमिकी केही नबोली १० मिनेटसम्म रहनी कान्तलाई हेरी रहेका थिए।

रजनीकान्तले भने कि पछि त्यस छिमेकी आफ्नो घरमा आफ्नो परिवार सँग कुरा गरेको सुनेका थिए। जहाँ छिमेकी भन्दै थिए ऐश्वर्या राय, अभिषेक र अमिताभ बच्चनलाई के भएको होला उनी रजनीकान्तको हिरोइन बन्दै छिन् । वास्तवमा त्यस बेला रजनीकान्त आफ्नो उमेरको कारण तनावमा थिए, उनको शरीरले साथ दिएन । यसै बीच बढ्दो उमेरका कारण उनको कपाल लगातार झर्न थाल्यो । यस्तो अवस्थामा उनका छिमेकीले उनलाई कुरूप भन्दै बिल्ला गरेका थिए ।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो माला लगाउने बित्तिकै भाग्य खुल्छ, हुनेछ धन र सुखको वर्षा: कुन माला?