ज्योतिष शास्त्रमा सूर्य ग्रहणलाई विशेष महत्त्व दिइएको छ । सन् २०२१ को अन्तिम सूर्य ग्रहण डिसेम्बर ४ मा लाग्दै छ । नेपालमा यो सूर्यग्रहण २०२१ बिहान ११।२० बजे देखि ३।२२ बजे सम्म रहनेछ। ग्रहणको अवधि चार घण्टा रहनेछ। ज्योति षशास्त्रका अनुसार यो अन्तिम सूर्य ग्रहण वृश्चिक राशिमा लाग्नेछ । जसले वृश्चिक लगायत सबै राशिलाई असर गर्छ ।
मेष राशि:
दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति सचेत हुनुपर्छ । सामाजिक काममा सावधानी अपनाउनुहोला अन्यथा सामाजिक रुपमा अपमानित हुन सकिन्छ, शत्रु सक्रिय हुन्छन् ।
वृष राशि:
यो ग्रहण राजनीतिमा सफलताको लागि शुभ साबित हुनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ । सामाजिक कार्यमा मान सम्मान मिल्नेछ ।
मिथुन राशि :
जग्गा विवाद समाधान हुनसक्छ । घरेलु विवादबाट पनि मुक्ति मिल्नेछ । आर्थिक कार्यमा लाभ मिल्ने सम्भावना छ । विशेष मित्रबाट धन लाभ हुनेछ।
कर्कट राशि:
यस ग्रहणको समयमा कर्कट राशिको लागि केही हदसम्म अशुभ साबित हुनेछ । आफन्तसँग विना कारण विवाद हुनसक्छ । सन्तानबाट मानसिक समस्या रहनेछ ।
सिंह राशि :
यस ग्रहणको प्रभावले धन लाभ हुने सम्भावना रहेको छ । घरायसी समस्याको समाधान हुने देखिन्छ । सम्पत्ति सम्बन्धी कार्यमा पनि लाभ हुने संकेत रहेको छ ।
कन्या राशि:
यस ग्रहणको प्रभावको कारणले कन्या राशिका व्यक्तिलाई शक्ति बढ्ने छ । सहकर्मीबाट धन लाभ हुनेछ । आर्थिक समस्याको अन्त्य हुनेछ ।
तुला राशि:
तुला राशिको लागि यो ग्रहणले अशुभ प्रभाव पार्नेछ। जसका कारण प्रियजनसँग विवाद बढ्नेछ । परिवारमा मनमुटाब बढ्ने देखिन्छ । स्वास्थ्यमा ह्रास आउनुका कारण समस्या बढ्नेछ ।
वृश्चिक राशि:
यस ग्रहण कर्कट राशिमा सूर्यग्रहण लाग्नेछ । जसका कारण मानसिक समस्या बढ्नेछ । मन अशान्त हुनेछ। नोकरी वा आपसी काममा अवरोध आउनेछ। ग्रहणपछि पनि तनाव रहनेछ ।
धनु राशि:
यस ग्रहणको प्रभावको कारण खर्च बढ्ने छ । साथै मानिसिक तनाव पनि बढ्नेछ । मन अशान्त हुनेछ। काम वा नोकरीमा अवरोध आउनेछ। स्वास्थ्य समस्याले सताउन सक्छ ।
मकर राशि:
ग्रहणको शुभ प्रभाव देखिनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ । नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ ।
कुम्भ राशि:
सामाजिक प्रतिष्ठा बढ्नेछ। जग्गा तथा घर सम्बन्धी अधुरा काम पुरा हुनेछन् । स्वास्थ्यमा उतारचढाव आउनेछ । अनावश्यक खर्च बढ्न सक्छ । सन्तानको चिन्ता बढ्नेछ ।
मीन राशि:
कार्य स्थलको परिवर्तन हुने योग बनेकोछ । अध्यात्मका काममा दुरी बढ्ने छ । पितासँग विवाद हुनेछ। ग्रहणको समयमा धेरै होसियार हुनुपर्छ।