विगत जस्तो भए पनि आउने दिनहरु सुखद होस् भन्ने सबैको चाहना हुन्छ । आर्थिक मामिलामा सन् २०२२ कस्तो रहला भन्नेमा अहिले मानिसहरु उत्सुक छन् । यस सम्बन्धमा ज्योतिषीहरूले ज्योतिषीय गणनाका आधारमा केही राशिको भविष्यवाणी गरेका छन् ।
जस अनुसार २०२२ ले तीन राशिका लागि आर्थिक समृद्धि ल्याउनेछ । यी राशिका व्यक्तिहरूलाई आर्थिक लाभका साथै करियर र व्यापारमा प्रगतिको अवसर मिल्नेछ। यी तीन राशिफल के हुन् र आर्थिक मामिलामा २०२२ साल कसरी लाभदायक साबित हुनेछ, जन्नुहोस….
वृष राशि
वृष राशिलाई सन २०२२ निकै लाभ दाएक साबित हुनेछ । आर्थिक उन्नतिसँगै धनसम्पत्ति पनि बढ्नेछ । नयाँ कामको अवसरबाट लाभ मिल्नेछ। यससँगै नियमित आम्दानी बढ्नेछ । धनको कारक ग्रह शुक्रको प्रभावले धन आर्जनको बाटो खुल्नेछ । व्यापार गर्नेहरूका लागि २०२२ शुभ साबित हुनेछ। व्यापार व्यावसायमा आर्थिक उन्नतिको प्रशस्त अवसर मिल्नेछ । यसका साथै नयाँ व्यापारको सुरुवात हुनुको साथै लाभ मिल्नेछ ।
मिथुन राशि
सन २०२२ मिथुन राशिको लागि र्थिक समृद्धि प्रदान गर्नेछ। वर्षको सुरुमै तलब वृद्धि हुने सम्भावना छ । काममा मान सम्मान बढ्नेछ, आर्थिक समृद्धिसँगै सुख र साधनमा पनि वृद्धि हुनेछ । यसका साथै पुराना ऋणबाट मुक्ति मिल्नेछ । व्यापारमा आर्थिक अवरोधबाट मुक्ति मिल्नेछ। यस बाहेक आर्थिक उन्नतिको लागि धेरै अवसरहरू हुनेछन्। यो वर्ष पुरानो ऋणबाट मुक्ति पाइनेछ ।
कन्या राशि
कन्या राशिका लागि २०२२ उत्कृष्ट साबित हुनेछ। आर्थिक चुनौतीको अन्त्य हुनेछ । यस राशिका व्यक्तिहरू जो आफ्नो काममा समस्यामा परेका छन्, २०२२ तिनीहरूको लागि शुभ रहनेछ। यसका साथै व्यापारमा पनि उल्लेखनीय प्रगति हुनेछ । विदेशी सम्पतिबाट आर्थिक वृद्धि हुनेछ । यसका साथसाथै जग्गा सम्पत्तिबाट धन आर्जन गर्ने प्रशस्त अवसरहरु आउनेछन् । बाबुको सम्पत्तिबाट पनि लाभ हुने प्रबल सम्भावना छ ।