फिल्म शूटिङको क्रममा थाकिन् अनन्या, कारमै भुसुक्कै निदाईन्

एजेन्सी : अभिनेता चंकी पाण्डे(Chunky Panday)की प्यारी छोरी अनन्या पाण्डे(Chunky Panday) कहिले आफ्नो काम त कहिले आफ्नो लुक्सको कारण चर्चामा रहन्छिन्। आफ्नो काम बीच हालै अनन्याले आफ्नो केही गर्जियस तस्बिरहरु शेयर गरेकी छिन्, जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेका छन्।

लुकको कुरा गर्ने हो भने अनन्या व्हाइट बाथरोबमा देखिएकी छिन्। लाइट मेकअप र ओपन हेयर्ससँग अनन्याले आफ्नो लुकलाई कम्प्लिट गरेकी छिन्। तस्बिरमा कहिल्यै अनन्या सुतिरहेकी छिन् भने कहिल्यै मस्ती गरिरहेकी छिन्।

तस्बिर शेयर गर्दै अनन्याले लेखेकी छिन् – ‘बाथरोब इन अ कार सिरिज। मलाई किन भनेर नसोध्नुहोला, म स्पष्टिकरण दिन सक्दिन।’ उनका यी तस्बिरहरुलाई फ्यान्सले असाध्यै मन पराएका छन्।

कामको कुरा गर्ने हो भने अनन्या अहिले विदेशमा आफ्नो फिल्म ‘लाइगर’ को शूटिङमा व्यस्त छिन्। यस फिल्ममा उनी अभिनेता विजय देवरकोन्डासँग देखिनेछिन्।

यस बाहेक फिल्ममा माइक टायसनको पनि महत्वपूर्ण भूमिका छ। पुरी जगन्नाध(Puri Jagannadh) यो फिल्मलाई निर्देशन गरिरहेका छन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ ब्लाउजमा निकै सेक्:-_सी देखिन्छन् अभिनेत्री निया शर्मालाई, हेर्नुस् तस्बिर