आगामी फागुन १३ मा प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत ३’, के दर्शक तान्न सफल होला त ?

पछिल्लो समयमा कोरोना कहर कम भए सँगै दुई वर्ष पहिले २०७६ चैत २८ गते प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेम गीत ३’ अब फागुन १३ गते प्रदर्शन आउने भएको छ । पहिले नै यस फिल्मको टिजर र गीत सार्वजनिक भइसकेको छ । कोरोना भाइरसको कारण रिलिज हुन् नसकेको फिल्म अब चाडै प्रदर्शनमा आउने भएको हो । फिल्म नेपाली र हिन्दी दुवै भाषामा एकै साथमा प्रदर्शन हुनेछ ।

मिडिया रिपोर्टस अनुसार ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनले फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने सोच बनाएर फिल्मलाई हिन्दीमा डबिंग गरेका छन् । आज भन्दा केही समय पहिले नै फिल्म ‘प्रेम गीत ३’ भारतक हाल हरुमा चल्ने भनिएको थियो । तर बहने भारतमा नेपाली फिल्म लाग्ने पक्क भएको छ तर यस फिल्मलाई भारतमा तमिल र तेलुगू भाषामा रिलिज गर्ने तयारी भइरहेको छ ।

यस फिल्मका निर्माताको अनुसार भारतको ‘इम्पो-सिबल फि-ल्म्स्’ ले फिल्मको थिएटर राइ-ट्सले ‘चार करोड’ आइसीमा खरिद गरेको जानकारी गराएका छन् । फिल्म डबिंगको लागी करिब १ करोड भारु खर्च भएको फिल्म निर्माण टिमले जनाएको छ । अब यस फिल्मले भारतमा ४ करोड भन्दा बढी कमाइ गर्न सफल भयो भने नेपाली निर्माताले फिल्मले कमाइ गरेको रकमबाट ३० प्रतिशत पाउनेछन् । यस फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ र मनिष राउत लगायतका अन्य कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१६:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मोडल तथा टिकटक स्टार स्मारिकामा आएको परिवर्तन, सार्वजनिक गरिन् यस्ता तस्बिर!