बिच सडकमा यस्ता मानिसबाट घेरिइन् सलमानको पूर्व प्रेमिका, यसरी भइन् भाग्न सफल !

बलिउड अभिनेता सलमानको नाम धेरै अभिनेत्रीसँग जोडिएर आउने गर्दछ । त्यसतैमा अभिनेता सलमान खानका विशेष साथीहरूको कुरा गर्दा पहिलो नम्बरमा युलिया वन्तुर आउँछिन् । जसको बारेमा यो पनि भनिने गरिएको थियो कि उनी सलमानकी कथित प्रेमिका पनि थिइन् । यसै बीच अभिनेत्री युलियाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा केही युवतीले अभिनेत्री युलियालाई दुर्व्यावहार गरेको देखिन्छ ।

कुनै पनि गाडीको पछाडि समान बेच्ने बच्चाहरु पछि लग्नु कुनै नौलो कुरा हैन । यसपटक सलमान खानकी साथी युलिया वन्तुर पनि त्यस्ता बच्चा बच्चीको घेरामा परिन् । यसै क्रमम केही बच्चा बच्चीहरु अभिनेत्रीलाई टिस्यु बेच्न खोज्न बेच्न खोज्छन् । त्यस क्रममा युलियाले केही बुझ्न सकिनन्, त्यतिन्जेल उनको ड्राइभरले कार चलायो। उनको यो भिडियो सामाजिक सञ्जालमा आएपछि मानिसहरुले विभिन्न खालका टिप्पणी गरिरहेका छन् । अधिकांश मानिसहरू युलियाको पक्षमा छन् र विक्रेताहरूलाई गलत भनिरहेका छन्।

रोमानियाली मोडल युलिया वन्तुर सलमान खानकी कथित प्रेमिका हुन् । उनीहरुको सम्बन्ध र विवाहको खबर धेरै पटक मिडियामा आएको छ । युलिया सधैँ सलमान खानको पारिवारिक समारोहमा देखिने गर्छिन् । योसँगै उनी सलमानसँगको विशेष कार्यक्रममा पनि उपस्थित हुन्छिन् ।

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)

यद्यपि सलमान खान र रोमानियाली मोडल युलिया वन्तुरले आफ्नो सम्बन्धको बारेमा कहिल्यै बोलेका छैनन् । तर, सलमान र उनको परिवारसँग युलियाको नजिकको सम्बन्धलाई हेर्दा यो उनको साथीभन्दा पनि बढी हो भन्न सकिन्छ ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी फागुन १३ मा प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत ३’, के दर्शक तान्न सफल होला त ?