पूजा हेगडेको भयो अमिताभसँग काम गर्ने सपना पूरा ,शेयर गरिन् खुशी हुँदै तस्विर

थुप्रै ठुला-ठुला प्रोजेक्टको फिल्ममा काम गरेर सफलता चुमेकी अभिनेत्री पुजा हेग्देको एउटा अधुरा सपना पूरा भएको छ। देशमा ठुला सुपरस्टारसँग काम गरिरहेकी ‘द मोस्ट एलिजिबल ब्याचलर’ अभिनेत्रीले अमिताभ बच्चनसँग काम गर्ने सपना पूरा गरेकी छन्। आफ़्निओ सामाजिक संजालमा उनले अमिताभसँग क्यान्डीड फोटो शेयर गरेकी छन्। उनले अतितमा अमिताभसँग काम गर्ने ईच्छा व्यक्त गरेकी थिइन्।

आफ्नो सामाजिक संजालमा क्याप्शन , “The man. The Legend. Shooting with him is a dream I can finally tick off my dream list. Enough said. Stay tuned for more.. 😉 @SrBachchan #whendreamscometrue” लेखेकी छन्। यस तस्विरमा बच्चन फर्मल लुकमा छन्।

कामको कुरा गर्ने हो भने उनी ‘बीस्ट’, चिरंजीवी र राम चरणसँग ‘आचार्य’ , प्रभाससँग ‘राधे श्याम’ र महेश बाबूसंग  SSMB28, सलमान खान को ‘भाईजान’ र रणवीर सिंहसँग ‘सर्कस’मा काम गर्नेछिन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिच सडकमा यस्ता मानिसबाट घेरिइन् सलमानको पूर्व प्रेमिका, यसरी भइन् भाग्न सफल !