‘देवो के देव महादेव’ मा पार्वतीको भूमिकामा देखिएकी अभिनेत्री सोनारिकाको अहिलेसम्म नदेखिको यस्तो अवतार

पछिल्लो समयमा चर्चित टेली सिरियल ‘देवो के देव महादेव’ मा देवी पार्वती र आदिशक्तिको नामले चर्चित भएकी अभिनेत्री सोनारिका भदौरियाले आफ्नो नयाँ स्टाइलले फ्यानलाई अचम्मित बनाएकी छिन् । यस शोमा अभिनेता मोहित रैनाले भगवान शिवको मुख्य भूमिका निर्वाह गरेका थिए । दुवैको जोडीलाई निकै रुचाइएको थियो । अहिले सोनारिकाको बिकिनी लुक निकै भाइरल भइरहेको छ ।

पौराणिक तथा ऐतिहासिक टिभी शोहरूमा सधैँ लेहेंगामा र साडीमा गहना लगाएर सजिएकी सोनारिका आफ्ना पछिल्लो तस्बिरमा एकदमै फरक देखिएकी छिन् । यति बेला उनी उनको स्क्रिन छविबाट बिल्कुल उल्टो लुकमा देखिएकी छिन्। उनी बिकिनी लगाएर समुद्रको बीचमा उभिएकी छन् । हेर्नुहोस यी तस्विरहरु…

सोनारिका यहाँ चाँदनी रातमा बिकिनी लुकमा आफ्नो ह-ट अवतारमा देखिएकी छिन् । यति बेला अभिनेत्रीले चादनी रातमा समुन्द्र किनारामा विभिन्न पोज दिँदै छिन् । तस्बिरमा उनले एनिमल प्रिन्टे-ड बिकिनी टप र नियोन येलो बिकिनी बटम लगाएकी छिन् । उनले आफ्नो पोस्टको क्याप्शन लेखे, ‘फन्टासमागोरिया। (सपनामा देखिएका वास्तविक वा काल्पनिक तस्बिरहरूको सिक्वेल)।’

सोनारिका एक चर्चित तेल्गु स्टार पनि हुन् । उनले ‘जादुगडु’, ‘स्पीदु-न्नोडु’, ‘एदो रख आओ रकम’ जस्ता फिल्ममा काम गरिसकेका छन् । अहिलेको समयमा पनि पार्वतीको नामबाट सबैमाज पारीचित छिन् । सोनारिका अन्तिम पटक सन २०१९ मा ‘इश्क मे मरजावाँ’ मा देखिएकी थिइन्, जहाँ उनले नेत्रा शर्माको भूमिका निभाएकी थिइन्। तर उनी सन २०१९ देखि टिभी स्क्रिनबाट गायब छन् ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१२:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएकी यी बच्चीले आजको समयमा बलिउड र व्यापारमा ठुलो नाम कमाएकी छिन्, चिन्नु भयो ?