तस्बिरमा देखिएकी यी बच्चीले आजको समयमा बलिउड र व्यापारमा ठुलो नाम कमाएकी छिन्, चिन्नु भयो ?

अहिले बलिउड अभिनेत्री प्रिती जिन्टाको बचपनको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्रीलाई तस्बिरमा निकै सुन्दर देखिएको छ ।

अहिलेको समयमा बलिउडका केही स्टारको बाल्यकालको तस्बिरले निकै चर्चा पाएको छ । त्यसतैमा एक अभिनेत्रीको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ त्यो क्यूट तस्बिर हो अभिनेत्री प्रीति जिन्टाको । अभिनेत्रीको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा सानी प्रीति निधारमा बिन्दी लगाएर मिठो मुस्कुराइरहेको देख्न सकिन्छ ।

प्रीति जिन्टाको यो ब्ल्याक एन्ड ह्वा-इट तस्बिर त्यो समयको हो, जब उनी डेढ वा दुई वर्षकी थिइन् । तस्बिर हेरेर कसले अनुमान लगाउन सक्थ्यो यी बच्ची पछि फिल्म उद्योग र व्यापारको दुनियामा आफ्नो छाप छोड्छिन् भनेर । यति बेला अभिनेत्रीको यो पुरानो दुर्लभ तस्बिरहरू सामाजिक सञ्जालमा हेडलाइनमा छन्। बलिउड प्रेमीहरूले यो तस्बिर हेरेर कसैले अनुमान लगाउन सकेका छन् भने कसैले अनुमान लगाउन असकेका छैनन् ।

प्रीति जिन्टाले फिल्म ‘दिल से’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेकी थिइन् । त्यस समयमा अभिनेत्रीको अभिनयले निकै प्रशंसा पाएको थियो । अभिनेत्रीले पहिलो फिल्मबाट नै फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । हिन्दी सिनेमा बाहेक प्रीति जिन्टाले तेलुगु, पञ्जाबी र अङ्ग्रेजी फिल्ममा पनि काम गरेकी छिन् । आफ्नो करियरमा उनले ‘सोल्जर’, ‘क्या कहना’, ‘चोरी–चोरी चुपके चुपके’, ‘दिल चाहता है’, ‘कोई मिल गया’, ‘कल हो ना हो’, ‘फर्ज’ जस्ता फिल्ममा काम गरिन् । ‘वीर जरा’, ‘सलाम नमस्ते’, ‘कभी अलविदा ना कहना’ र ‘दिल है तुम्हारा’ जस्ता फिल्महरूमा मुख्य भूमिका निर्वाह गरिसकेका छन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उर्वशी रौतेलाले गरिन् आफ्नो सोलमेटको खुलासा , सामाजिक सञ्जालमा दिइन् यस्तो यस्तो संकेत