हातमा कोरिएका रेखाहरूबाट कुनै पनि व्यक्तिको व्यक्तित्व थाहा पाउन सकिन्छ । हस्तरेखा शास्त्रका अनुसार जसको हातका औँलाहरु विशेष प्रकारका हुन्छन्, उनीहरूलाई तुरुन्तै विश्वास गर्नबाट बच्नुपर्छ।
हस्तरेखा शास्त्रमा हातका रेखाहरूको मात्रै चर्चा हुँदैन, यसको माध्यमबाट कुनै पनि व्यक्तिको सम्पूर्ण व्यक्तित्व थाहाँ पाउन सकिन्छ । मान्यता रहेको छ जसको हातको औँला विशेष आकारको छ । उनीहरुबाट सधैँ सजग रहनु पर्ने मान्यता रहेको छ । यस्ता व्यक्ति कुनै पनि समयमा ले कसैलाई पनि धोका दिन सक्छन्। आज हामी यस पोस्ट मार्फत यस्ता व्यक्तिको बारेमा बताउने छौँ विशेष आकार भनिएका औँलाहरु कस्ता हुन्छन् ।
– कुनै पनि व्यक्तिको हातका औँला सामान्य भन्दा लामा छन् भने, उनीहरु सबै कुरामा अन्त्यसम्म पुग्न चाहन्छन् । यस्ता मानिसहरु जुनसुकै कुरा सुनेपछि त्यसको गहिराई जान्न खोज्छन् । त्यस्ता व्यक्तिहरूसँग सामान्य कुराकानी गर्न सकिन्छ, तर व्यक्ति गत कुरा गर्नु हुँदैन ।
-हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको ताताको औँला सामान्य भन्दा धेरै चौडा छ भने, यस्ता मानिसको पूर्ण रुपमा विश्वास गर्नु हुँदैन । यस्ता मानिस स्वतन्त्र स्वभावका हुन्छन् भन्ने मान्यता छ । आफ्नो फाइदा मात्रै सोच्छन् र अरुको चाहनामा वास्ता गर्दैनन् । तसर्थ, यस्ता मानिसहरूलाई विश्वास गर्नु अघि, तिनीहरूलाई एक पटक राम्ररी बुझ्नु पर्छ ।
-यति कसैको हातको औँला धेरै बाङ्गो छ भने, तपाई यस्ता मानिसबाट सतर्क रहनु पर्छ । यस्ता मानिसहरु देखावटी गर्ने स्वभावका हुन्छ । यस्ता मानिस आफ्नो मिठो बोलिले कसैलाई पनि आफ्नी जालमा पर्न सक्छन् । आफ्नो काम पूरा गर्न जो कोहीसँग मिठाई जस्तै मिठास बन्न सक्छन् तर काम गरेपछि त्यो मान्छेलाई फर्केर पनि हेर्दैनन् ।
-हस्तरेखा शास्त्रका अनुसार यदि कुनै व्यक्तिको औँलाको टुप्पो वर्गाकार छ भने, उनीहरुसँग मित्रता गर्नु फाइदाजनक हुन्छ । यस्ता व्यक्तिले आफ्नो हरेक सम्बन्धलाई इमानदारीका साथ पूरा गर्ने विश्वास गरिन्छ। समस्या पर्दा कसैको साथ छोड्दैनन् । यस्ता व्यक्तिलाई दार्शनिक स्वभावको मानिन्छ ।