आदिपुरुषको लागि प्रभासले लिए यति मोटो रकम, बलिउडका ‘बाहुबली’ लाई आउनेछ चिटचिट पसिना

एजेन्सी : भारतीय सिनेमा जगतमा कहानी, एक्सन, प्लट र सेट बाहेक सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ उक्त फिल्मको अभिनेता। फिल्मको नायकको नामले नै लाखौं मानिसहरुलाई टिकट खरिद गर्न र फिल्मलाई सुपरहिट बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यसकारण केही स्टार्समाथि चलचित्र निर्माताले धेरै विश्वास गर्छन्। एक यस्तै नाम हो ‘बाहुबली स्टार’ प्रभास(Prabhas), जसको नामले नै फिल्मलाई सुपरहिट बनाउँछ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘आदिपुरुष(Adipurush)’ को लागि यति मोटो क्रम पारिश्रमिक लिएका छन् कि जुन सुनेर बलिउड स्टार्सलाई चिटचिट पसिना आउँछ।

अहिलेसम्म सलमान खान र अक्षय कुमारको नाम सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताहरुका सूचीमा आउँथ्यो। तर हालै प्रभासले आफ्नो आउँदो फिल्मको लागि जति पारिश्रमिक लिएका छन्, त्यसले अक्षय-सलमानलाई पनि पछाडी पार्नेछ। हो, भारतीय सञ्चारमाध्यमहरुका रिपोर्ट्स अनुसार प्रभासले फिल्म ‘आदिपुरुष’ र ‘स्पिरिट’ को लागि १५० करोड भारु पारिश्रमिक लिएका छन्।

यस फिल्ममा बढी पारिश्रमिक लिएर प्रभासले सलमान खान र अक्षय कुमारलाई पछाडी पारेका छन्। उनी १०० करोडबाट सिधैं ५० प्रतिशत फिस लिएर अगाडी भएका हुन्। यसपछि उनी भारतीय मनोरञ्जन जगतको तेस्रो महँगो अभिनेता बनेका छन्। सलमान खानले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ को लागि १०० करोड रुपैयाँभन्दा बढी पारिश्रमिक लिएका थिए। यसरी नै अक्षय कुमारले पनि ‘बेल-बटम’ को लागि १०० करोड रुपैयाँ पारिश्रमिक लिएका थिए।

‘आदिपुरुष’ मा प्रभास भगवान रामको भूमिकामा छन्। फिल्ममा सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन्। फिल्ममा सीताको रोलमा कृति सेनन र लक्ष्मणको भूमिका सनी सिंह देखिएका छन्। ‘आदिपुरुष’ ११ अगस्ट २०२२ मा रिलिज गरिने सम्भावना छ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८२१:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘देवो के देव महादेव’ मा पार्वतीको भूमिकामा देखिएकी अभिनेत्री सोनारिकाको अहिलेसम्म नदेखिको यस्तो अवतार