सनातन धर्म अनुसार हरेक हिन्दुको घरमा तुलसीको बोट हुने गर्दछ ।
तुलसी सबैभन्दा पूजनीय बिरुवा मात्र होइन । यसको प्रभावको कारण घरमा सदैव सकारात्मक उर्जाको प्रवाह हुने गर्दछ । जुन घरमा तुलसीको नियमित पूजा गरी यसको सम्रक्षण गरिन्छ, त्यहाँ सदैव सुख, समृद्धि, शान्ति र समृद्धि रहने जनविश्वास रहेको छ । तुलसी जस्तै यसको पानि पानी उतिकै मानव शरीरलाई फाईदा दिन्छ साथै पुलासी मिसाएर बनाएको पानीलाई अति पवित्र मानिन्छ।
तुलसी भगवान श्रीकृष्णलाई तुलसी अति प्रिय चिज हो । कृष्णलाई तुलसीको जलले स्नान गर्ने भक्त प्रति प्रसन्न भएर आशीर्वाद दिनुहुने मान्यात रहेको छ । यदि तपाई पनि भगवान कृष्णको आशीर्वाद चाहनुहुन्छ भने तुलसी जलले स्नान गर्न नभुल्नुहोला ।
तुलसीको पातलाई रातभर पानीमा भिजाउनुहोस्। त्यसपछि बिहान बेलुका पूजा गरेपछि त्यो पानी घरभर छर्किदिनुहोस् । यस तुलसीको पानीबाट घरको कुनै सबै स्थानमा छर्कनुहोस् । यसो गर्नाले घरबाट नकारात्मक शक्तिहरू पलायन हुन्छन् र सकारात्मक शक्तिहरू घरमा बास हुन्छ ।
यदि परिवारमा कुनै व्यक्ति लामो समयदेखि बिरामी छ भने हरेक बिहान तुलसीको पूजा गरेर तुलसीको पानी छर्कने गर्नुहोस् । करिब एक हप्तासम्म बिहान बेलुका पूजा गरेपछि पानी छर्कने गर्नुहोस् । यसो गर्नाले शरीरमा भएको रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्ने मान्यता रहेको छ । र मानिस बिस्तारै स्वस्थ हुने जनविश्वास रहेको छ ।
धेरै मिहिनेत गरेर पनि काम-व्यवसायमा प्रगति नभएमा तुलसीको पातलाई तीन दिनसम्म पानीमा भिजाउनुहोस् । त्यसपछि बिहान बेलुका पूजा गरेपछि त्यो पानी आफ्नो कार्यालय, पसल वा कारखानामा छर्कनुहोस् । यसले व्यापार वृद्धिको बाटो खुल्छ साथै कार्यस्थलमा यो पवित्र जल छर्केर प्रगतिको बाटो खोल्न सक्नुहुन्छ।