डान्स गर्दा हुन्थ्यो पिटाई ,राखीको दर्दनाक संघर्ष सुनेर सबै हुनेछन् भावुक !

बलिउडको कट्रोवर्सी क्वीनको नामभाट चर्चित  अभिनेत्री राखी सावंत प्राय चर्चामा रहन्छिन्। उनी आफ्नो अचम्मको र उटपटांग कुराको कारण  चर्चामा रहन्छिन्। उनको कन्ट्रोवर्शियल चर्चा त चाडै छ तर राखीले ‘राखी सावंत ‘ बन्नको लागि निकै त्याग र संघर्षको बाटोमा हिड्नु परेको थियो।

राखी सावंतको नाम वास्तविक नाम नीरू भेदा हो। एक समय थियो जब राखीको परिवारको जीवनयापनको लागि आवश्यक चीज पनि उपलब्ध हुदैन थियो। उनी निकै गरिब परिवारसंग सम्बन्धित छन्। यति गरिब कि हरेक बिहान खानको लागि संघर्ष गर्न पर्थ्यो। राखीको बुबा  पुलिस कांस्टेबल थिए तर घरको जरुरत पुरा गर्नको लागि उनको आमाले अस्पतालमा काम गर्न पर्थ्यो।

राखीले घर खर्चको लागि निकै काम गर्थिन्। पहिले राखीले टीना मुनीमको बिहेमा वेटरको काम पनि गरेकी थिइन्। बलिउडमा एक ठुम्का लगाको लाखौँ  लिने राखीको डान्स गर्ने बाल्यकालदेखि नै ईच्छा थियो। तर परिवारलाई भने यो पटक्कै मन पर्दैन थियो। उनले डान्स प्राक्टिस गर्दा भेटियो भने उनले पिटाई खान्थिन्। एकपटक उनले डान्स गरेको भेट्दा उनको काक्ले उनको कपाल काटिदिएका थिए। तरपनि राखी  आफ्नो प्याशनमा अडिग थिइन्। यहाँसम्म कि उनलाई रिजेक्ट गरियो , उनको माजाक उडाईयो तरपनि उनले बिस्तारै बलिउड इंडस्ट्रीमा इन्ट्री लिईन्।

 

 

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले छोरी २ महिना पुगेको अवसरमा सार्वजनिक गरिन् यस्ता तस्बिर, १० तस्बिर सहित!