के अभिनेत्री प्रियंका गर्भवती भएकी हुन् ? अभिनेत्री भन्छिन् निक र म अनुभव गरी रहेका छौँ !

बलिउड र हलिउडको चर्चित जोडी प्रियंका चोपडा र निक जोनसको सम्बन्ध विच्छेदको खबरले यति बेला सामाजिक सञ्जाल तताएको छ । सम्बन्ध विच्छेदको अफवाहको बीचमा नोभेम्बर २३ मा नेटफ्लिक्समा ‘जोनस ब्रद-र्सको फेमिली रोस्ट’ शो रिलिज भएको थियो। ‘जोनस ब्र-दर्स फेमिली रोस्ट’ शोमा आफ्नो साझेदारहरु सँग सामेल थिए।

यसै क्रममा प्रियंका चोपडाले पति निक जोनसलाई रोस्ट गरिन् । प्रियंका चोपडाले निक जोनासलाई रोस्ट गर्ने क्रममा निक र उनका बच्चाहरूको बारेमा मजाक गरिन् जसलाई सुनेर प्रियंकाका पति निक अचम्मित भएका थिए । साथै कार्यक्रममा उपस्थित सबै चकित भएका थिए ।


निक जोनस रोस्ट’ को एक सेगमेन्टमा प्रियंकाले निकका दाइको छोराछोरी रहेको बताइन्। केभिन जोनासका दुई छोरी छन् र जो जोनासको पनि एक छोरी छिन् । प्रियंकाले आफू र निक परिवारमा सन्तान नभएका एक मात्र जोडी भएको बताइन् । तर प्रियंका चोपडाले भनेको सुनेर निकसहित सबै केही समयको लागि चकित भएका थिए ।

प्रियंकाले भनिन्– ‘हामी मात्रै त्यस्तो जोडी हौँ जसको सन्तान छैन । त्यसैले म यो घोषणा गर्न धेरै उत्साहित छु। निक र म पर्खिरहेका छौँ…. तर केही सेकेन्डको अन्तरालपछि प्रियंकाले थप भनिन्- आज राती मातेर र भोलि सुत्न। त्यस समयमा अभिनेत्रीको यस मजाकले सबैलाई हैरान बनाएको थियो ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१४:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डान्स गर्दा हुन्थ्यो पिटाई ,राखीको दर्दनाक संघर्ष सुनेर सबै हुनेछन् भावुक !