घरको मन्दिरमा कतिवटा मूर्ति राखिन्छन् ? अहिले नै हेर्नुहोस् जीवनमा कतै अनर्थ नहोस् !

सनातन धर्म अनुसार हरेक हिन्दुको घरमा मन्दिर हुनु सामान्य कुरा हो । हामी हाम्रो घरमा हुने मन्दिरमा धेरै भगवानको मूर्ति तथा तस्बिर राख्ने गर्दछौ । तर सबै मानिसलाई थाहा नहुन सक्छ की मन्दिरमा कति वटा भगवानको मूर्ति राख्दा शुभ अशुभ हुन्छ भनेर, यदि तपाइँ वास्तुशास्त्र पढ्नुहुन्छ भने तपाई यस प्रश्नको सही उत्तर त्यहाँ पाउनुहुनेछ।

वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिको संख्यामा  कुनै प्रतिबन्ध छैन। तर घरमा स्थापना गरिने मन्दिरमा कुनै पनि भगवानको एक भन्दा बढी मूर्ति राख्नु हुँदैन । यदि तपाईको घरको मन्दिरमा एकभन्दा बढी मूर्ति वा तस्बिरहरू छन् भने, तिनीहरूलाई सम्मानपूर्वक घरको अर्को भागमा राख्नुहोस्। मन्दिरमा राखिएका मूर्तिहरू शान्त स्वभाव र आशीर्वादको वर्षा हुने हुनुपर्छ। रुद्र स्वरूपको मूर्ति घरको मन्दिरमा कहिल्यै राख्नु हुँदैन ।

यदि कुनै मूर्ति पुरानी तथा फुटेको छ भने कुनै पनि सफा गंगामा लगेर विसर्जन गर्दिनुहोस् । यदि नजिकै कुनै नदी छैन बने कुनै सफा स्थान हेरेर सम्मानपूर्वक जमिनमा गाडी दिनुहोस् । त्यसतै घरमा राखिएका मूर्ति कहिले पनि मूर्तिको ढाड देखिने गरी नराख्नुहोस् । यसो गर्नु अशुभ मानिन्छ र यसले भगवान क्रोधित हुन्छन् ।

घरको मन्दिरमा राखिएका सबै मूर्तिहरूको आकार एउटै होस् भनेर प्रयास गर्नुहोस्। मन्दिरमा असमान आकारको मूर्ति राख्नु अशुभ मानिन्छ । मन्दिरमा रहेका कतिपय मूर्तिहरू स्थायी हुन्छन् भने कतिपय मूर्तिहरू परिवर्तनशील हुन्छन्। हरेक वर्ष तिहारको समयमा यस्ता मूर्ति परिवर्तन गर्नु पर्दछ ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भगवान कृष्णको प्रिय महिना सुरु, गर्नुहोस् यी ५ काम निश्चित रूपमा हुनेछ लाभै-लाभ!