भगवान कृष्णको प्रिय महिना सुरु, गर्नुहोस् यी ५ काम निश्चित रूपमा हुनेछ लाभै-लाभ!

हिन्दु पात्रो अनुसार मङ्सिर महिना ९ औँ महिना हो । यस महिनालाई अगहन पनि भनिन्छ । हिन्दु धर्ममा मार्गशीर्ष ‘आगहन’ लाई विशेष र पवित्र मानिन्छ, किनभने यही महिनाबाट सत्ययुग सुरु भएको थियो। अगहन मंसिर २० गतेबाट सुरु भएको छ । अगहन अर्थात् मङ्सिर महिना भगवान कृष्णको प्रिय महिना पनि भनिन्छ ।

भगवान कृष्णले गीतामा पनि यही भन्नु भएको छ । यो पनि मानिन्छ कि ऋषि कश्यपले यसै महिनामा कश्मीरको स्थापना गरेका थिए। यस महिनामा श्रीकृष्णको पूजा आराधना गर्दा धेरै शुभ हुने धार्मिक विश्वास छ । यसबाहेक केही विशेष कामहरू छन् जसले गर्दा भगवानको आशीर्वाद प्राप्त भइरहन्छ। आज हामी यस पोस्ट मार्फत यस महिनामा कस्ता कार्य गर्नाले शुभ मानिन्छ ।

-यस समयमा कुनै पनि मानिसको निन्दा गर्नबाट टाढा रहनु पर्छ। यसका साथै अरुको निन्दा सुन्नु पनि अशुभ मानिन्छ । यदि कुनै कारणले अरुको आलोचना सुन्नु पर्यो भने मनमा ‘ओम दामोदराय नमः’ भन्दै आफ्नो इष्ट देवलाई सम्झनुहोस्।

-यस महिनामा दान गर्नु निकै शुभ मानिन्छ । कुनै पनि कुराको दान गर्दा चाँदीको प्रयोग गर्ने निकै शुभ मानिन्छ । दानमा चाँदीको प्रयोग गर्नु धेरै शुभ मानिन्छ। चाँदी दान गर्दा शरीरको कमजोरी हट्ने जनविश्वास छ । यसका साथै यौ:न समस्याबाट पनि मुक्ति मिल्छ । अन्न दान गर्दा आँखाको विकार हट्छ । साथसाथै मनको मनोकामना पनि पूरा हुन्छ ।

-शास्त्र अनुसार स्या समयमा मानिसले दिनमा एक पटक मात्र भोजन गर्छन् । यसका साथै ब्राह्मणहरूलाई उनीहरूको क्षमता अनुसार भोजन खुवाउनु पर्छ साथै जसलाई सकेको दान गर्नुपर्छ। यस्तो गर्नाले अनेक प्रकारका पापबाट मुक्त हुने जनविश्वास रहेको छ ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिसेम्बरमा राशि परिवर्तन गर्दै यी ४ ठुला ग्रह, शुक्र चल्नेछन् उल्टो चाल: यी ५ राशिलाई लाभै-लाभ !