यी मुखमा हात राख्दै बसेकी सुन्दर बालिकालाई चिन्नु भयो? छिन् आज बलिउडको शीर्ष स्थानमा !

बलिउड अभिनेत्री दिपिका पादुकोणले सामाजिक सञ्जालमा उनको बचपनको केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई फ्यानहरुले निकै रुचाएका छन् । यो तस्बिर सेयर गर्दै उनले एउटा रोचक क्याप्सन पनि लेखेकी छिन् ।

 

बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्रीले यस भन्दा पहिले पनि उनको बाल्यकालको तस्बिर धेरै पटक सार्वजनिक गरेकी छिन् । यसै क्रममा अभिनेत्रीको अर्को तस्बिर सार्वजनिक भएको छ । जसलाई दीपिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । दीपिका पादुकोणले शेयर गरेको बाल्यकालको तस्बिरमा उनी निकै क्यूट देखिएकी छिन् ।

यो तस्बिर दीपिका पादुकोण सानै छँदा खिचिएको हो । तस्बिरमा उनले टाउकोमा टोपी र खुट्टामा मोजा लगाएका छन् । दीपिकाको एउटा हात मुखमा छ र फोटोमा उनी निकै स्टा-इलमा बसेकी छिन् ।अभिनेत्री दिपिकाले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् । ‘म इन्दिरा नगरको गुण्डी हुँ ।’ अभिनेत्रीले सार्वजनिक गरेको यो तस्बिरलाई फ्यानहरुले निकै रुचाएका छन् ।

फ्यानहरुले अभिनेत्रीको तस्बिरमा लाइक कमेन्ट गरेका माया दर्साएका छन् । भने एक फ्यानले कमेन्टमा लेखेका छन् । ‘कसको बच्चा हराएको छ ? त्यही क्रममा अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘बेबी पादुकोण निकै प्यारी थिइन्।’ दीपिका पादुकोणको वर्क-फ्रन्टको कुरा गर्दा उनी अन्तिम पटक २०२० मा आएको फिल्म ‘छपाक’ मा देखिएकी थिइन् । आगामी दिनमा दीपिका पति रणवीर सिंहको फिल्म ‘८३’ मा देखिनेछिन् । यो फिल्ममा उनको केमियो रोल रहनेछ । फिल्ममा उनले कपिल देवकी पत्नी रोमी देवको भूमिका निभाएकी छिन् ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस फिल्ममा आफै स्टन्ट गर्नेछिन् दिशा, बो-ल्ड र निडर भूमिका निभाउदै स्क्रिनमा रक गर्ने तयारी