यस फिल्ममा आफै स्टन्ट गर्नेछिन् दिशा, बो-ल्ड र निडर भूमिका निभाउदै स्क्रिनमा रक गर्ने तयारी

आफ्नो एक मुस्कानले दर्शकलाई दिवाना बनाउने अभिनेत्री दिशा पाटनी प्राय चर्चामा रहन्छिन्। कहिले आफ्नो बो-ल्ड लुक्सको कारण त कहिले जिम वर्कआउटको फोटो र भिडियोको कारण दिशा फ्यानको ध्यान खिच्छिन्। सामाजिक सञ्जालमा दिशा आफ्नो अपकमिंग प्रोजेक्ट्सको  बारेमा बताई रहन्छिन्।

अहिले उनी आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’लाई लिएर दिशा चर्चामा छिन्। यस फिल्ममा उनी बो-ल्ड अवतारमा देखिएकी छन्। फिल्मको अधिकतर स्टंट दिशा आफै गर्नेछिन्।

जानकारी अनुसार फिल्ममा दिशा  बो-ल्ड र निडर भूमिका निभाउदै छिन्। यस फिल्मको कहानीमा पनि दर्शकले अनपेक्षित ट्विस्ट  देख्न पाउने छन्। मोहित सूरीको यस फिल्ममा दिशा बाहेक जन अब्राहम, अर्जुन कपूर र तारा सुतारिया पनि देखिनेछन्।

यो फिल्म ‘एक भिलेन’को सीक्वल हो र दर्शक यस एक्शन थ्रिलरलाई पर्दामा देख्नको लागि निकै उत्साहित छन्। एक भिलेन रिटर्न्स ८ जुलाई २०२२ मा रिलीज हुनेछ। मोहित सूरीद्वारा निर्देशित यो फिल्म टी-सीरीज र बालाजी टेलीफिल्म्सद्वारा निर्मित हो ।

यस फिल्ममा धमाल मचाउनको लागि दिशा मिहिनेत गर्दैछिन्। तर यसका साथै उनको फ्यानको लागि खुशीको खबर रहेको छ। दिशा पाटनी अहिले एकता कपूरको लागि काम गर्ने तयारीमा छिन्।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१३:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन्जीदाले लगाइन् सबै छर्लङ्गै देखिने यस्तो कपडा, अलिकति पनि लाजशर्म छैन भन्दै युजरले गरे गाली