डिभोर्सपछि कठोर बनिन् सामन्था, उठाइन् यस्तो नसोचेको कदम

एजेन्सी : दक्षिण भारतीय चलचित्रकी अभिनेत्री सामन्था रथ प्रभु केही समययता चर्चामा छिन् । खासगरी अभिनेता पति नागा चैतन्यसँगको चार वर्षे वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएपछि उनका गतिविधिले सबैको ध्यानाकर्षण गराइरहेको छ।

नयाँ जीवन जिउने प्रयासमा रहेकी सामन्थाले सामाजिक सञ्जालबाट पूर्वपति नागासँगका सबै तस्बिर हटाएकी छन् ।

उत्तराखण्डको बद्रीनाथ र केदारनाथ धामको यात्रापछि उनले पतिका सबै तस्बिर हटाएकी हुन् । उनले नागासँग सम्बन्धित सबै तस्बिर हटाएपछि उनका समर्थकले उनको कामको प्रशंसा गरेका छन् । सामन्था र नागाले सन् २०१७ मा गोवामा विवाह गरेका थिए । उनीहरूले हिन्दु र क्रिश्चियन दुवै रीतिरिवाजअनुसार विवाह गरेका थिए।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी मुखमा हात राख्दै बसेकी सुन्दर बालिकालाई चिन्नु भयो? छिन् आज बलिउडको शीर्ष स्थानमा !