नयाँ फिल्मको घोषणामा धमला पत्नी एलिजा देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !

आफ्नै निर्देशनमा बनेको फिल्म ‘अनुराग’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम अब एक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । एलिजाले यस कुरालाई सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सहित  सार्वजनिक गरेकी हुन् । फिल्मको घोषणा गर्नको लागि निर्माण टिमले बानेश्वोरमा रहेको पाँचतारे होटल एभरे-ष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो ।

पाँचतारे होटल एभरेष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो । बनाउन लागेको फिल्म ‘घुइँचो’मा एलिजा देखिने भएकी हुन् । उनको साथाम नव-नायक कुन्साङ बोम्जन रहेका छन् । अभिनेत्री एलिजाले सार्वजनिक गरेको तस्बिरमा केही रोचक कुरा पनि देख्न सकिन्छ । कार्यक्रममा उपस्थित किन्सांग कुन्साङ बोम्जन र अभिनेत्री एलिजालाई हिड्नको लागि रेड कार्पेट माथि गुलाब र सयपत्रीको फूल छरिएको थियो ।

फिल्म ‘घुइँचो’ को निर्माण घोषणा कार्यक्रममा देखिएको माहौलले भन्न सकिन्छ फिल्म राम्रै कथा वस्तुमा बन्दै छ । साथै अभिनेत्री एलिजाले कार्यक्रमका तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् । ‘आज फेरी अर्को खुसी र जिम्मेवारी थपिएको छ म माथि,मैले मेरो जीवनको पहिलो चलचित्र अनुराग खेले सँगै दर्शक सँग धेरै कुरा सिक्ने मौका पाए ।’

‘त्यसैलाई मध्यनजर गर्दै आफ्नो कमजोरीलाइ हटाउदै दोश्रो चलचित्र ‘घुइँचो’मा अनुबन्धित हुने अवसर पाएको छु,सबै भन्दा पहिले यो मौका दिने ‘घुइँचो’का निर्माता रामजी दैलेखी सर प्रति हार्दिक आभार प्रकट गर्दछु र आम दर्शक प्रति पनि हार्दिक धन्यवाद यस्तै माया सधैँ पईराखु,अघिल्लो चलचित्रमा आफूले गरेको कमजोरी यसमा मेटाउने कोसिस गर्ने छु ,धन्यवाद ।

 

 

 

 

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिभोर्सपछि कठोर बनिन् सामन्था, उठाइन् यस्तो नसोचेको कदम