के तपाई बुध दोषको सिकार हुनुहुन्छ ? यी उपायले छिट्टै छुटकारा पाउनुको साथै मिल्नेछ लाभै-लाभ !

बुधबार भगवान गणेशको पूजाको लागि विशेष दिन मानिन्छ । किनकि बुधबारको दिन विघ्नहर्ता गणेश नाममा समर्पित हुने गर्दछ । बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। कुनै पनि व्यक्तिमा बुध ग्रह बलियो भएर बसेको छ भने उसले जीवनमा प्रगति र समृद्धि प्राप्त गर्न सक्छ । यदि कुनै पनि व्यक्तिको कुण्डलीमा बुढा कम्जोर छ भने व्यक्तिलाई टाउको दुख्ने, छाला र घाँटीको समस्या हुनसक्छ ।

ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धि, वाणी, तर्क शक्ति र मानसिक क्षमताको ग्रह मानिन्छ। यदि व्यक्तिको कुंडलीमा बुध ग्रह छ भने उसले गरेका काममा समस्या आउने मान्यता रहेको छ । ज्योतिषीहरुका अनुसार यदि कसैको कुण्डलीमा बुध ग्रह छ भने केही विशेष उपाय अपनाएमा तपाईको सबै समस्याहरु हट्छन् । आउनुहोस् जानौँ बुध दोष हटाउने उपायहरू।

– ज्योतिषीहरूका अनुसार बुध दोष हटाउनका लागि आफन्तसँग सौहार्दपूर्ण सम्बन्ध कायम गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले आफ्नो व्यवहारमा सुधार गर्नुपर्छ ।

– यदि तपाईको कुण्डलिमा बुध दोष प्रबल छ भने नाक छेड्नु शुभ मानिन्छ । यसका लागि एक पटक आफ्नो नजिकको प्रकाण्ड पण्डित वा ज्योतिषीसँग परामर्श लिनु शुभ हुनेछ ।

– सनातन धर्ममा गाईलाई माताको दर्जा दिइन्छ । त्यसैले गाईलाई घास खुवाउनले बुध दोष हट्ने मान्यता रहेको छ । यसको लागि विशेष गरेर बुधबारको दिन गाईलाई हरियो घाँस खुवाउनुपर्छ ।

-घरको पूर्व दिशामा रातो झण्डा राख्दा बुधको दोष हट्ने जनविश्वास रहेको छ । यसका लागि घरको पूर्व दिशामा रातो झण्डा लगाउनुहोस्।

-ज्योतिषीहरुका अनुसार बुध ग्रहको दोष हटाउन आफ्नो पर्समा चाँदी वा काँसाको गोलो टुक्रा राख्नुहोस्। यसो गर्नाले धनको कमी हुँदैन र सकारात्मकता कायम रहन्छ।

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरको मन्दिरमा कतिवटा मूर्ति राखिन्छन् ? अहिले नै हेर्नुहोस् जीवनमा कतै अनर्थ नहोस् !