म्युजिक भिडियोतिर पनि ‘हिस्स बुढी निच्च दाँत’ झैँ भईन् साम्राज्ञी, अब के गर्लिन् ?

काठमाडौँ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ बाट अभिनयमा पाइला चालिन् । त्यसपछि उनी निरन्तर चलचित्र अभिनयमा सक्रिय भइन् । भलै कुनै चलचित्र हिट भए त कुनै फ्लप । कोभिड सर्वमहामारीका कारण चलचित्र क्षेत्र ठप्प भएपछि कलाकारहरू म्युजिक भिडियोतिर आकर्षित भए । यो आकर्षणमा साम्राज्ञी अछुतो रहिनन् ।

उनले पहिलो पटक नट्टु शाहको भिडियो र आफ्नै आमाको गीतमा पूर्वप्रेमी देवांश राणासँग अभिनय गरिन् । उनी अन्य दुई भिडियोमा पनि देखिइन् । कलाकार देलविस दर्शनधारी र राजरोहन तुम्बाहाम्फेसँग ‘ माया पिरेम’ गीतको भिडियोमा अभिनय गरेकी साम्राज्ञीको यो भिडियो लाई दर्शकले खासै माया देखाएनन् ।

त्यसपछि उनीले प्रकाशविक्रम थापाको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘प्रभाव’ मा विवेक खड्कासँग निकै बो:_-ल्ड दृश्य दिइन् तर उनको त्यो बो:_-ल्डपना दर्शकलाई खासै रुचेन । साम्राज्ञीलाई अभिनय गराउँदा भिडियोको भ्युज बढ्छ भन्ने आशा राखेका निर्माता निराश भए ।

एक निर्माताले त पछिल्लो पटक साम्राज्ञीले निकालेको विवादले भिडियोमा असर परेको आरोप नै लगाए । अब साम्राज्ञीले भिडियोमा सफलता पाउन केही सुधार पो गर्नुपर्ने हो कि ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१८:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नयाँ फिल्मको घोषणामा धमला पत्नी एलिजा देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !