१२२ बिलियन डलर सम्पत्तिका मालिक मार्क जुकरबर्गको विचित्रको बानी : कुखुराको खुट्टासमेत छाड्दैनन्

एजेन्सी : फेसबुकका मालिक मार्क जुकरबर्गलाई सामान्य रूपमा एक विचित्रको मानिसका रूपमा चिनिन्छ । उनीसँग हार्वर्ड विश्वविद्यालयमा आरामले पढ्न सक्ने अवसर थियो तर उनले फेसबुकलाई अगाडि बढाउन पढाइ छाडे । हो , फेसबुकले उनलाई मनग्गेआम्दानी दियो , उनका दिन फेरिए ।

जुकर बर्ग अहिले विश्वका प्रमुख धनी मानिसमा गनिन्छन् तर यसले समेत उनको विचित्रको बानी परिवर्तन भएको छैन । हालसालै मानिसहरूले उनको विचित्रको बानी थाहा पाएर ठट्यौली गरे र उनलाई कुनै मानिसको व्यवहारको नक्कल गर्न खोज्ने एलियन वा एन्ड्रोइडसँग दाँजेर हेरे ।

एकातिर यी ठट्यौलीको बेग्लै आनन्द छ भने जुकर बर्गका केही बानी वास्तवमा झनै अचम्मका छन् । हरेक वर्ष नयाँ काम गर्न उनी आफैलाई स्वचुनौती दिन्छन् । सन् २०११ मा उनले प्रतिबद्धता जनाए, अबदेखि म आफूले सिकार गरेको पशुको मात्र मासु खाने छु । आफ्नो धनसँगै उनको मान्यता छ– उनलाई प्राप्त भएको स्वस्थ भोजनमा रमाउनुभन्दा नजिकै बाट आफैले भोजनको प्रबन्ध गर्नु राम्रो हुन्छ।

जुकर बर्गसँग आफ्नै पशुशाला छ, जहाँ उनी मासुका लागि आफै पशु मा:_र्छन् र त्यसपछि उनको कसाई साथीले उनका लागि मासु तयार गर्छ । जुकर बर्गले पशुको हरेक भागको उपयोग गर्दछन्, यतिसम्म कि कुखुराको खुट्टासमे त छाड्दैनन् । (यो लेख युवामञ्च मासिक पत्रिकाको मङ्सिर अङ्कबाट साभार गरिएको हो। )

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबैलाई मोहित बनाउँदै अभिनेत्री अनन्या देखिइन् ८ फरक लुकमा, तस्बिर तीव्र रुपमा भाइरल हुँदै !