आमिर खान ५६ वर्षको उमेरमा तेस्रो विवाह गर्दै? उर्फी जावेद नयाँ लुकमा ट्रोल

बलिउड सुपरस्टार आमिर खान यति बेला तेस्रो विवाहलाई लिएर चर्चामा छन् । केही दिनअघि आमिरले बलिउड अभिनेत्रीसँग तेस्रो विवाह गर्ने खबर आएको थियो । यति बेला उमेरले ५६ वर्ष पुगिसकेका अभिनेता  फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजपछि आमिरले आफ्नो विवाहको घोषणा गर्ने बताइएको छ ।


केही समय पहिले आमिरले उनको दोस्रो पत्नी किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि सन २००५ मा दोस्रो विवाह गरेका अभिनेताले केही समय पहिले करिब १५ वर्ष पछि दोस्रो श्रीमतीसँग पनि सम्बन्ध विच्छेद गरेका हुन् । अहिलेको समयमा सामाजिक सञ्जालमा अभिनेताको तेस्रो विवाह गर्न लागेको खबरले तहल्का मच्चाइ रहेको छ । तर यति बेला अभिनेता आमिर खानको निकटका केही स्रोतका अनुसार अभिनेताले तेस्रो विवाह गर्न लागेको खबर झुटो भएको बताएका छन् ।


बिग बोस ओटी-टीबाट चर्चामा सफल उर्फी जावेदको नयाँ लुक अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उर्फी आफ्नो फेसन स्टेटमेन्टका लागि चिनिन्छिन् । तर उनको पहिचान कुनै अभिनय तथा कलाको नभई उनी समय-समयमा देखिने गरेको अनौठो फेसन सेन्सका कारण चर्चामा हुने गरेकी छिन् । हरेक दिन आफ्नो लुक्सका कारण ट्रोल हुने उर्फी जावेद अहिले उनको तस्बिर हेर्दा किम कार्दशियन बन्ने सपना देख्दै छिन् भन्दा फरक पर्दैन ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१५:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१२२ बिलियन डलर सम्पत्तिका मालिक मार्क जुकरबर्गको विचित्रको बानी : कुखुराको खुट्टासमेत छाड्दैनन्