जब अनुष्का शर्मा, आलिया भट्ट, सोनम कपुरले बला:त्कारको दृश्य सुट गर्दाको अनुभव यसरी बताए !

अनुष्का शर्मा आलिया भट्ट सोनम कपुरले बलात्कार दृश्य छायाँकन गर्दाको अनुभवहरू सार्वजनिक गरेका छन् । जब परिवारसँग फिल्म हेर्दा बलात्कारको दृश्य आउँछ, सामान्यतया मानिसहरूले च्यानल परिवर्तन गर्छन् वा बेवास्ता गर्छन्। तर, परिवारसँग हेर्दा पनि मानिसलाई असहज महसुस हुने दृश्य सुटिङ गर्दा अभिनेत्रीलाई कस्तो लाग्छ होला, कल्पना गर्नुहोस् त ?


बलिउड अभिनेत्री आलिया भट्ट, अनुष्का शर्मा र सोनम कपूरले फिल्म समीक्षक राजीव मसन्दसँगको राउन्ड टेबल अन्तर्वार्तामा यसबारे खुलेर कुरा गरे र बलात्कार र यौन दुर्व्यवहारको दृश्यमा आफूलाई कस्तो महसुस भएको बताए। त्यसतैमा कार्यक्रमामा अभिनेत्री अनुष्का शर्माले बलात्कारको दृश्यको छायाँकन गर्दाको अनुभव सुनाएकी छिन् ।

बलिउड अभिनेत्री अनुष्का शर्माले बलात्कारको दृश्य छायांकन गरेपछि आफू डिप्रेसनमा गएको बताएकी छन् । त्यस समयमा तपाई जति सक्दो वास्तविक बन्न चाहनु हुन्छ । विशेष गरी जब तपाइँ ‘एचएन टेन’ जस्तो फिल्म गर्दै हुनुहुन्छ। त्यस समयमा तपाईलाई थाहा हुने छैन की क्यामेराहरू कहाँ छन्, तपाईंले यसलाई वास्तविक देखाउन सक्दो प्रयास गर्नुहुनेछ ।

आलियाले यो पनि खुलासा गरेकी छिन् कि यस्ता दृश्यहरू शूट गर्न सेटमा जानुअघि आफूलाई डर लाग्छ। यो मेरो साथ कहिल्यै भएको छैन, तर मैले हरेक दिन त्यो डरको सामना गर्नुपर्छ, जब म मेरो कोठाबाट निस्कन्छु र जब म मेरो कोठामा फर्कन्छु।

सोही क्रममा सोनम कपुरले १४ वर्षको उमेरमा आफूसँग भएको यौन दुर्व्यवहारको बारेमा पनि बताइन् । पछाडिबाट एक जना मानिस आएर मलाई छातीमा समातेको उनले बताए । मेरो शरीरको त्यति विकास भएको थिएन, त्यसैले म काँप्न थालेँ, रुने र चिच्याउन थालेँ, किनकि मलाई के भइरहेको छ भनेर मैले बुझ्न सकिनँ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१४:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री प्रियंका र निकको सम्बन्ध विच्छेद के हो वास्तविकता, प्रियंकाको आमाले दिइन् यस्तो बयान!