बलिउड अभिनेत्री प्रियंका र निकको सम्बन्ध विच्छेद के हो वास्तविकता, प्रियंकाको आमाले दिइन् यस्तो बयान!

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा यति बेला चर्चा भइरहेको समयमा अभिनेत्री प्रियंकाको आमाको एक बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बलिउड साथै हलिउड स्टार प्रियंका चोपडा सम्बन्ध विच्छेद भएको भन्दै सामाजिक सञ्जालमा एक किसिमको हलचल पैदा भएको छ । खासमा अभिनेत्री प्रियंकाले केही समय पहिले उनको सामाजि सञ्जाल इन्स्टाग्रमबाट बायोमा परिवर्तन भएदेखि नै प्रियंका चोपडाको खबरले सामाजिक सञ्जाल क्षेत्र तातेको छ ।

प्रियंका चोपडा र निक जोनस बलिउड र हलिउड उद्योगको लोकप्रिय जोडी मध्ये एक हुन् । नोभेम्बर २२ मा प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम बायोमा परिवर्तन गरेपछि उनीहरुको सम्बन्धको चर्चा बढ्दै गएको छ । वास्तवमा प्रियंकाले आफ्नो इन्स्टाग्राम बायोबाट श्रीमानको उपनाम ‘जोनस’ हटाएकी छिन् ।

अहिले वोभिन्न भारतीय मिडियाले प्रियंका र उनको श्रीमान बिचमा सम्बन्ध विच्छेद भएको हो की भनेर अनुमान लगाउन थालेका छन् । साथै अहिले सामाजिक सञ्जालमा अभिनेत्री प्रियंका र उनको श्रीमान् सँगको सम्बन्धले चर्चा पाएको छ । भने केही मिडियाले उनीहरुको सम्बन्ध विच्छेद हुन् लागेको भनेका छन् ।

यो खबर बाहिर आएपछि अब प्रियंका चोपडाकी आमा मधु चोपडाले यस विषयमा बयान दिएकी छिन् । प्रियंकाको सम्बन्ध विच्छेदको खबर सार्वजनिक हुने बित्तिकै मधुले आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले यो समाचारलाई बकवास भन्दै अफवाह नफैलाउन आग्रह गरेका छन् । उनका अनुसार यी दुईबीच सम्बन्ध सबै ठीकठाक छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिर खान ५६ वर्षको उमेरमा तेस्रो विवाह गर्दै? उर्फी जावेद नयाँ लुकमा ट्रोल