प्रियंका चोपडा गर्दै छिन् सम्बन्ध विच्छेद ? सामाजिक सञ्जालबाट जोनस उपनाम हटाइन् !

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा यति बेला हलचल मच्चिएको छ । प्रयोगकर्ताहरू भन्छन् कि यी दुई बिच दरार आएको छ।

बलिउड र हलिउड स्टार प्रियंका चोपडा प्रायः चर्चामा रहने गर्छिन् । त्यस्तैमा अभिनेत्रीको चर्चा समाजिक सञ्जालमा एक पटक फेरी बढेको छ । यस पटक भने अभिनेत्री कुनै फिल्म तथा ड्रेसको कारण नभई उनको व्यक्ति गत जीवनको कारण चर्चामा छिन् । यस पटक प्रियंका चोपडा आफ्नो कुनै फिल्मका कारण नभई आफ्नो इन्स्टा बायोमा आएको परिवर्तनका कारण चर्चामा छिन् ।

इन्स्टा बायोमा परिवर्तन भएदेखि नै प्रियंका चोपडाको खबरले सामाजिक सञ्जाल क्षेत्र तातेको छ । प्रियंकाको यो निर्णयले इन्स्टाग्राम प्रयोगकर्ताहरु माझ हलचल मच्चाएको छ । यस विषयमा जनतामा बारम्बार छलफल भइरहेको छ ।

प्रियंका चोपडा र निक जोनस बलिउड र हलिउड उद्योगको लोकप्रिय जोडी मध्ये एक हुन् । नोभेम्बर २२ मा प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम बायोमा परिवर्तन गरेपछि उनीहरुको सम्बन्धको चर्चा बढ्दै गएको छ । वास्तवमा प्रियंकाले आफ्नो इन्स्टाग्राम बायोबाट श्रीमानको उपनाम ‘जोनास’ हटाएकी छिन् ।

प्रियंकाले आफ्नो बायोबाट जोनासलाई हटाएपछि इन्स्टामा उनका फ्यानबीच हंगामा मच्चियो । यस्तो अवस्थामा दुवैको सम्बन्धमा दरार आएको प्रयोगकर्ताले अनुमान गरेका छन् । योसँगै केही भारतीय सामाजिक सञ्जालमा दुवै छिट्टै एकअर्काबाट अलग हुने बताएका छन् ।

यस्तो चर्चा हुनुअघि पछिल्लो पटक निक जोनस र प्रियंका चोपडा दुवै तिहारकोको अवसरमा सँगै देखिएका थिए । तिहारकोको अवसरमा किनेको नयाँ घरमा दुवै कलाकारले मिलेर यो पर्व मनाएका हुन् । दुवैले आयोजना गरेको उक्त कार्यक्रममा धेरै हलिउड स्टार पुगेका थिए । प्रियंका र निकले कार्यक्रमका धेरै तस्बिर पनि सेयर गरेका छन् ।

यो खबर बाहिर आएपछि अब प्रियंका चोपडाकी आमा मधु चोपडाले यस विषयमा बयान दिएकी छिन् । प्रियंकाको सम्बन्धविच्छेदको खबर सार्वजनिक हुनेबित्तिकै मधुले आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले यो समाचारलाई बकवास भन्दै अफवाह नफैलाउन आग्रह गरेका छन् । उनका अनुसार यी दुईबीच सम्बन्ध सबै ठीकठाक छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटै फिल्मको करौडौं पारिश्रमिक लिने लाराले किन फेरिनन् २ वर्षदेखि मोबाइलको कभर ?