एउटै फिल्मको करौडौं पारिश्रमिक लिने लाराले किन फेरिनन् २ वर्षदेखि मोबाइलको कभर ?

एजेन्सी : बलिउड अभिनेत्री लारा दत्त (Lara Dutta) अहिले आफ्नो आउँदो सिरिज ‘हिकप्स या हुकअप्स(HICCUPS & HOOKUPS)’ कारण चर्चामा छिन्। यससँगै उनको मोबाइलको कवरले पनि भारतीय सञ्चारमाध्यमहरुमा राम्रै स्थान पाएको छ। लारा दत्तको एक फ्यानले सामाजिक सञ्जालमा उनको मोबाइलको कवरबारे प्रतिक्रिया दिएका थिए। जसको लारा आफैंले जवाफ दिएकी छिन्।

लारा दत्ताले दुई वर्षसम्म मोबाइलको कभर नफेरेको देखेर एक फ्यानले ट्वीट गरे। ट्वीट गर्दै उनले लेखेका छन् – ‘म सोच्थे कि हामी जस्तो मान्छे मात्रै गरिब हुन्छन्। अब लारा दत्तालाई नै हेरौँ उनले आफ्नो मोबाइल कभर २ वर्षदेखि फेरेकी छैनन्।’

तिनको ट्वीट देखेर लारा चुप लागेर बस्न सकिनन् र उनले शानदार जवाफ दिएकी छिन्। उनको प्रतिक्रियाले फ्यान्सको दिल जितेको छ। लाराले लेखेकी छिन् – ‘सही हो ! किनकी केही चिजको सेन्टिमेन्टल भ्याल्यु पनि हुन्छ। ‘

लाराको यस ट्वीटमा मानिसहरुले अनेक खाले प्रतिक्रिया दिएका छन्। लारा हालै अक्षय कुमारको फिल्म ‘बेल बेटम’ मा देखा परेकी थिईन्। यस फिल्ममा लाराले इन्दिरा गान्धीको भूमिका निभाएकी थिईन्। लाराको यस भूमिकालाई दर्शक एवं समिक्षकले असाध्यै मन पराएका थिए।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८११:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के निकसँग सम्बन्ध बिच्छेद गर्दैछिन् प्रियंका ?