एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडा(Priyanka Chopra) र उनका पति निक जोनास(Nick Jonas) वैवाहिक बन्धनमा बाँधिएको लामो समय भईसकेको छ। तैपनि यी दुईको दाम्पत्य जीवन सधैँ चर्चाको विषय बन्ने गर्छ। प्रियंका र निक दुवैजना आफ्नो व्यक्तिगत जीवनको बारेमा धक खोलेर कुरा गर्छन्, यहीँ कारण पनि यी दुई चर्चाको केन्द्रबिन्दुमा पर्छन्। यतिमात्र हैन हालै यिनले आफ्नो बेडरुम सिक्रेट समेत शेयर गर्न भ्याएका छन्।
सन् २०१८ मा हलिउड सिङ्गर निक जोनासले आफूभन्दा १० वर्ष जेठी बलिउड अभिनेत्री प्रियंका चोपडासँग विवाह गरेका थिए। हालसम्म यी दुईको दाम्पत्य जीवन सुखद् रहेको छ। संसारभरको लोकप्रिय जोडीमध्येको एक जोडी निक र प्रियंका पछिल्लो समय खुलेर प्रेम व्यक्त गर्छन्। निकले एक अन्तर्वार्तामा प्रियंकासँग बिताएको निजी पलको सिक्रेट शेयर गरेका छन्।
अन्तर्वार्तामा प्रियंकाले बताएअनुसार बिहानै उनका पतिदेव निक उनको अनुहार हेर्न मन पराउँछन्। अझ निकलाई उनको उठ्नेबित्तिकैको अनुहार असाध्यै मन पर्ने बताईन्। प्रियंका उठ्नेबित्तिकै अनुहारमा मोइस्चराइजर र मस्कारा लगाउन खोज्छिन्। तर उनको भनाईअनुसार निकलाई उनको बिनामेकअपको अनुहार नै मन पर्छ।
निक र प्रियंकाले आफ्नो वैवाहिक जीवनलाई अझ सुखमय बनाउन एक नियम बनाएका छन्। उक्त नियमअनुसार उनीहरु जहाँसुकै भएपनि एक-अर्कालाई नभेटी १० दिन भन्दा बढी नबिताउने। प्रियंकाका अनुसार पति-पत्नीबीच सम्बन्ध राम्रो बनाउने यहीँ सबैभन्दा बलियो सुत्र हो।