अभिनेत्री मौनी राय जहिले पनि उनको सुन्दरता, स्टा-इल र उनको जादुमय अभिनयको कारण सबै बिच लोकप्रिय छिन् । यस्तो अवस्थामा फेरि एक पटक मौनीले आफ्नो स्टा-इलिस स्टा-इलले फ्यानलाई मोहित बनाएकी छिन् । यति बेला मौनी बेहुलीको पहिरनमा देखिएकी छिन् ।
टिभी ‘नागिन’ फेमबाट बलिउडसम्मको यात्रा गरिसकेकी नायिका मौनी रायका फ्यानहरु आज देश भरी नै छन् । नायिका यस्तो अवस्थामा छिन् जहाँ उनको एक झलकको लागि मरिहत्ते गर्छन् । यससँगै मौनी आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । यस्तो अवस्थामा अभिनेत्री अहिले आफ्नो ब्राइ-डल लुकका कारण चर्चामा आएकी छिन् ।
अहिलेको समयमा अभिनेत्रीको शैली नै उनका फ्यानहरुलाई मोहित बनाउन प्रर्याप्त हुन्छ । यस पटक भने अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरबाट फ्यानहरुलाई नजर हटाउन मुस्किल भएको छ ।
यति बेला अभिनेत्री रातो पहिरनमा दुलहीको भेषमा देखिएकी छिन् । तस्बिरमा देख्न सकिन्छ अभिनेत्रीले निधारमा टिका र बिन्दी, हातमा रातो चुरा लगाएकी छिन् । यति बेला फ्यानहरु अभिनेत्री कमेन्टमा सोधिरहेका छन् । तपाइले विवाह गर्न लाग्नु भएको हो ?
अभिनेत्रीको यो लुक ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (IFFI) को उद्घाटन समारोहको हो । यस क्रममा अभिनेत्रीले आफ्नो उत्कृष्ट अभिनयको साथै पहिरनले सबैलाई छक्क पारेकी छिन् । यस कार्यक्रममा प्रदर्शनका लागि उनी दुलहीको जस्तै पहिरनमा थिइन् । अहिले मौनीले आफ्नो इन्स्टाग्राम यो फोटो सेयर गरेकी छिन् । यससँगै उनले क्याप्सनमा लेखेका छन्, ‘५२’ औं (IFFI) मा उत्कृष्ट प्रदर्शन।’
अहिले मौनीको यो लुकलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । उनका तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यहाँ फ्यानहरु उनको तारिफ गर्दा थाकेका छैनन् ।