विपत्ति आउनु अघि बज्ने खतराको घन्टी सरह अशुभ मानिन्छ यी सपना देख्नु

काठमाडौँ : राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुँदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । मानिसहरूले जे कुरा सुत्ने बेलामा सोचेर सुत्छ, त्यहि कुराको बारेमा सपना देख्छ भन्ने पनि विश्वास रहेको छ।

सपनाले राम्रो र नराम्रो दुवै खाले फल दिन्छ। केही सपनाले छिट्टै फल दिन्छ भने केहीले ढिलो फल दिन्छ। केही सपनाको भने फल नै मिल्दैन। आज हामी यस्तो सपनाको बारेमा बताउँछौँ जुन अत्यन्तै अशुभ(Inauspicious Dreams) हुन्छ। यी सपना देखिनु खतराको घन्टी बज्नु सरह हो।

अत्यन्तै अशुभ मानिन्छ यी सपना देखिनु : –

आफूलाई अग्लो ठाउँबाट झरेको देख्नु : यस्तो सपनाले थुप्रै अशुभ घटनातर्फ सङ्केत गर्छ। यसले कुनै रोग, धन हानि या मान हानिको सङ्केत दिन्छ।

सपनामा जन्ती देख्नु : सपनामा जन्ती देखिनुको मतलब जिन्दगीमा थुप्रै समस्याहरु आउँदै छन् भन्ने बुझ्नुपर्छ।

आफूलाई बेहुला बनेको देख्नु : सपनामा आफूलाई बेहुला बनेको देखे तुरुन्तै केही उपाय गर्नुपर्छ। इष्‍टदेवसँग सबै ठिकठाक होस् भनेर प्रार्थना गर्नुपर्छ। किनकी यो सपनाले मृत्यु जस्तो सङ्कट पनि दिन्छ।

सपनामा झाडु देख्नु : बिहानै कसैलाई झाडु लगाउँदै गरेको देखेमा त्यसलाई शुभ मानिन्छ। तर सपनामा कसैले झाडु लगाउँदै गरेको देखे अत्यन्तै अशुभ मानिन्छ। यस्तो सपनाले मान्छेलाई कङ्गाल बनाउन सक्छ।

सपनामा उल्लु देख्नु : उल्लु देखे धन लाभ हुने विश्वास गरिन्छ। तर सपनामा उल्लु देखे कुनै रोगले च्याप्न सक्छ। साथै कुनै नराम्रो खबर सुन्न पर्छ।

सपनामा रुख काटेको देख्नु : सपनामा रुख काटेको देखे परिवारको सबैभन्दा ठुलो उमेरको व्यक्तिको मृत्यु हुन्छ। साथै धन हानि हुने सङ्केत पनि गर्छ।

सपनामा गधा देख्नु : सपनामा गधा देख्नु मृत्युको पूर्व सङ्केत हो। सामान्यतया: मरणासन्‍न मानिसले यस्तो सपना देख्छन्।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वर्षको अन्तिम चन्द्र ग्रहण जारी, ५८० वर्षमा पहिलो पटक यस्तो दृश्य देखिने !