वर्षको अन्तिम चन्द्र ग्रहण जारी, ५८० वर्षमा पहिलो पटक यस्तो दृश्य देखिने !

यो वर्षको अन्तिम चन्द्रग्रहण अहिले जारी छ। यो संसारका धेरै भागहरूमा देख्न सकिन्छ। तर नेपालमा भने यो चन्द्र ग्रहण देखिने छैन। यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण हुनेछ । यो ५८० वर्षपछिको सबैभन्दा लामो चन्द्रग्रहण भएको मानिन्छ । नेपाली समय अनुसार यो चन्द्रग्रहण बिहान ११ बजेर ४९ मिनेटमा सुरु भई साँझ ६ बजेर १४ मिनेटमा समाप्त हुनेछ ।

सन् २०२१ नोभेम्बर १९ मा हुने यो चन्द्रग्रहण ५८० वर्षपछिको सबैभन्दा लामो आंशिक चन्द्रग्रहण हुने खगोलविद्हरूको विश्वास छ । कात्तिक पूर्णिमाको दिन १९ नोभेम्बरमा लाग्ने यस चन्द्रग्रहणका केही विशेष कुराहरु जानौँ ।

१. १९ नोभेम्बर २०२१ मा हुने चन्द्रग्रहण ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्रग्रहण हुनेछ।

२. सन् २०२१ को यो अन्तिम चन्द्रग्रहण नेपालमा देखिने छैन। जसको कारण यसको सुतक काल पनि नेपालमा मान्य हुने छैन।

३. यो चन्द्रग्रहण नोभेम्बर १९ मा बिहान ११ बजेर ४९ मिनेटमा सुरु भई साँझ ६ बजेर १४ मिनेटमा समाप्त हुनेछ ।

४. यस्तो अवस्थामा यो आंशिक चन्द्रग्रहणको अवधि झन्डै ०८ घण्टा हुनेछ, जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्रग्रहण हुनेछ ।

५. यो आंशिक चन्द्रग्रहण १९ नोभेम्बर २०२१ मा उत्तरी अमेरिका, दक्षिण अमेरिका, पूर्वी एसिया, अष्ट्रेलिया, अफ्रिका र प्रशान्त क्षेत्रमा देखिनेछ।

६. यसअघि यस्तो लामो आंशिक चन्द्रग्रहण १८ फेब्रुअरी १४४० मा भएको थियो भने अर्को पटक यस्तो आंशिक चन्द्रग्रहण ०८ फेब्रुअरी २६६९ मा देखिनेछ ।

७. यस आंशिक चन्द्रग्रहणको पूर्ण प्रभाव नोभेम्बर १९, २०२१ को दिउँसो २:४९ बजे देखिनेछ, जब चन्द्रमाको ९७ प्रतिशत भाग पृथ्वीको छायाले ढाकेको हुनेछ।

८. ज्योतिषशास्त्रको दृष्टिकोणले यो वर्षको अन्तिम आंशिक चन्द्रग्रहण वृष राशि र कृतिका नक्षत्रमा लाग्नेछ ।

९. उपच्छाया चन्द्रग्रहणका कारण यो नेपाल देखिने छैन, त्यसैले यसको सुतक अवधि मान्य हुनेछैन।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको १ महिना यी ५ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ अपार सफलताको साथै धनको वर्षात्!