काठमाडौँ: आज शुक्रबार मङ्सिर ३ गते कार्तिक शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दैछ, जुन केही मानिसहरुका लागि अत्यन्तै अशुभ छ। तर कार्तिक पूर्णिमामा एक विशेष योग पनि बन्दै छ, जुन निकै शुभ छ। आज कार्तिक पूर्णिमामा शिव योग बनिरहेको छ। यसलाई ज्योतिष शास्त्रमा शुभ र माङ्गलिक कार्यको लागि अत्यधिक शुभ मानिन्छ। साथै शिव योगमा गरिएको पूजा-पाठबाट सोचेको भन्दा बढी फल प्राप्त हुन्छ। शास्त्रीय मान्यता अनुसार कार्तिक पूर्णिमाको दिन तुलसी पूजा र दीपदान गर्नुपर्छ।
कार्तिक पूर्णिमाको दिन तुलसी पूजालाई विशेष महत्व दिईन्छ। ४ महिनाको चर्तुमास पछि जनविश्वास तथा धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीरनिद्रामा सुतेका भगवान विष्णु हरिबोधिनी एकादशीमा उठ्छन्। त्यसपछि उनको शालिग्राम रुपको तुलसीसँग विवाह गरिन्छ। कार्तिक पूर्णिमाको दिन तुलसी धर्तीमा अवतरित भएको मान्यता छ। उक्त दिन तुलसी र विष्णुको पूजा गरिन्छ। यस्तो गर्दा माता लक्ष्मी प्रसन्न भएर सुख-समृद्धि वर्षाउँछिन्। धर्म-पुराण अनुसार तुलसी माता लक्ष्मीको रुप हो।
कार्तिक महिनाको पूर्णिमा तिथिमा स्नान गरी सूर्यास्तसम्म दान गर्न सकिन्छ। पूजाको लागि शुभ मुहूर्त दिउँसोसम्म रहनेछ। आजको दिन दान गर्दा जीवनमा आर्थिक समस्या नष्ट हुनेछ। त्यस्तै तुलसी पूजा गर्दा रोग तथा सङ्कटहरु दूर हुनेछन्। साथै घरमा सुख-समृद्धि आउँछ।