एजेन्सी : तारा सुतारिया (Tara Sutaria) आज आफ्नो २६ औँ जन्मदिन मनाउँदै छिन्। ‘स्टुडेन्ट अफ द ईयर २’ की अभिनेत्री तारा सुतारियाको जन्म १९ नोभेम्बर सन् १९९५ मा भएको थियो। उनी एक प्रतिभाशाली अभिनेत्री हुनुको साथ-साथै एक उत्कृष्टगायिका पनि हुन्। उनले थुप्रै मिठा गीतहरु गएकी छिन्। धर्मा प्रोडक्शनको ‘स्टुडेन्ट अफ द ईयर २(Student of the Year 2)’ बाट टाइगर श्रफ(Tiger Shroff) सँग बलिउडमा कदम राखेकी तारा प्राय: आफ्नो काम र फिल्मको कारण चर्चामा रहन्छिन्। आज ताराको जन्मदिनको अवसरमा हामी तपाईलाई उनको आजसम्मको १० सबैभन्दा ग्लामरस तस्बिर देखाउँछौँ।
सुन्दर मुहारकी तारा सुतारिया पछिल्लो समय इन्स्टाग्राममा आफ्नो तस्बिर शेयर गरिरहन्छिन्। जुन तस्बिरहरुलाई उनका प्रशंसकहरुले असाध्यै मन पराउने गर्छन्।
ताराले आफ्नो अभिनय कौशलताको दममा छोटो समयमै बलिउडमा आफ्नो बेग्लै पहिचान बनाएकी छिन्।
ताराले अहिलेसम्म दुई फिल्म ‘स्टुडेन्ट अफ द ईयर २’ र ‘मरजावां(Marjaavaan)’ मा आफ्नो अभिनयको जादू देखाएकी छिन्।
उनी छिट्टै आफ्नो बहुप्रतिक्षित फिल्म ‘तडप(Tadap)’, ‘एक भिलेन रिटर्न(Ek Villain Return)’ र ‘हिरोपन्ती २’ मा देखिँदै छिन्।
तारा सुतारिया बहुप्रतिभाशाली अभिनेत्री हुन्। उनले आफ्नो गायकी, अभिनय र सुन्दरताले मानिसहरुका मनमुटुमा बास गरेकी छिन्।
ताराले पहिलो पटक सन् २००९ मा सोनी टिभीको ‘इन्टरटेनमेन्ट के लिए कुछ भी करेगा’ मा एक प्रतियोगीको रुपमा भाग लिएकी थिईन्। जसको जज फराह खान र अनु मलिक थिए।
गायक अरमान मलिकसँग तारा सुतारियाको सम्बन्ध एकदमै खास छ किनकी अरमान मलिक उनको बाल्यकालदेखि कै साथी हुन्।
तारा सुतारियाको नाम दिवंगत अभिनेता विनोद मेहराका छोरा रोहन मेहरासँग जोडिएको थियो। तर पछि दुवै अलग भए।
ताराको नाम अभिनेता सिद्धार्थ मल्होत्रासँग पनि जोडिएको थियो। अहिले उनको नाम आदर जैनसँग जोडिएको छ।