हाँस्य टेली सिरियल ‘सक्किगोनी’ बाट सबैको घर-घरमा चर्चामा आउन सफल कलाकार रक्षा श्रेष्ठ पछिल्लो समयमा आमा बने पछि झनै चर्चामा आएकी छिन् ।
केही दिन पहिले रक्षाले उनको छोरी ७ महिना पुगेको अवसरमा सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा रक्षाको छोरी र उनलाई निकै सुन्दर देखिएको छ । केही समयको अन्तराल पछि रक्षा अहिले पुन: सक्किगोनीमा फर्केकी छिन् । रक्षा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।
यति बेला रक्षाले सार्वजनिक गरेका उनको छोरीको तस्बिर निकै भाइरल भइरहेको छ । रक्षाले ‘सक्किगोनी’ बाहेक विभिन्न म्युजिक डियोमा पनि काम गरेकी छिन् । अभिनयको कुरा गर्ने हो भने ‘सक्किगोनी’ मा रक्षाको अभिनयलाई निकै मन पराइन्छ । र उनको अभिनयको तारिफ भएको पाउन सकिन्छ ।
त्यसतै ‘सक्किगोनी’ रक्षाको प्रेमीको भूमिकामा देखिएका कुमार कट्टेल (जिग्री ) र रक्षाको म्युजिक भिडियो आएको थियो । उक्त भिडियोलाई दर्शकले निकै मन पराएका थिए ।