कार्तिक पूर्णिमालाई हिन्दू धर्ममा निकै महत्त्वोपूर्ण मानिन्छ । यस दिन पवित्र नदीहरूमा स्नान गरी दीपहरू दान गरिन्छ। कार्तिक पूर्णिमामा दान गर्नाले पाप नाश हुने मान्यता रहेको छ । आज २०७८ साल मंसिर ३ गते शुक्रबार कार्तिक पूर्णिमाका साथै आजको दिन शताब्दीकै लामो चन्द्रग्रहण पनि लाग्दै छ । यस्तो अवस्थामा दान गर्नु धरै महत्त्वोपूर्ण हुने गर्दछ ।
जुन राशिलाई आजको चन्द्र ग्रहण अशुभ मानिएको छ । उनीहरुले राशि अनुसार दान गर्नाले धरै नै शुभ हुने मानिएको छ । कार्तिक पूर्णिमाका दिन दान गर्नाले धनको कमी नहुने जनविश्वास रहेको छ । जान्नुहोस् ज्योतिष शास्त्र अनुसार आज कुन राशिका व्यक्तिले के दान गर्दा पुण्यको पूर्ण फल प्राप्त हुन्छ ।
[मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – आजको दिन मेष राशिका व्यक्तिहरूले ज्योतिष शास्त्र अनुसार सखर दान गर्नुपर्छ।] [वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – आजको दिन वृष राशिका लागि ज्योतिष शास्त्र अनुसार न्यानो वस्त्र दान गर्नु शुभ रहनेछ।] [मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – आजको दिन मिथुन राशि भएका मानिसले ज्योतिष शास्त्र अनुसार मुगुको दाल दान गर्नु शुभ हुनेछ ।]
[कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – कर्कट राशिका मानिसहरू जीवनमा सुख समृद्धि प्राप्त गर्नको लागि चामल दाल गर्नुहोस् ।] [सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – सिंह राशिका व्यक्तिले आज गहुँ दान गर्नुपर्छ ।] [कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – कन्या राशिका मानिसले आजको दिन गाईलाई चारा खुवाउनाले शुभ हुनेछ । ]
[तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिका मानिसले आजको दिन दुखी गरिबलाई दान गर्नुहोस् । ][वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – वृश्चिक राशि भएका मानिसले आजको दिन सखर र चना दान गर्नुहोस् । ][धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशि भएका मानिसले आजको दिन दुखी गरिबलाई अन्न र वस्त्र दान गर्नु शुभ हुनेछ ।]
[मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मकर राशिका मानिसले आजको दिन अन्न दाङ गर्नुहोस् ।] [कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – कुम्भ राशि भएका मानिसले आजको दिन कालो मास दान गर्नुहोस् ।] [मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – मिन राशि भएका मानिसले आजको दिन बेसनको मिठाई दान गर्नुहोस् ।]